२०८२ असार ८ आईतवार
LATEST NEWS
२०८२ असार ८ आईतवार

विद्युतीय सवारीको सबै पाटपुर्जा एकै ठाउँमा पाइने अटो पार्लर सञ्चालनमा

काठमाडौँ । इलेक्ट्रिक युटिलिटी प्रोभाइडर कम्पनी अटो पार्लर प्रालि काठमाडौँको कालोपुलमा सञ्चालनमा आएको छ । विभिन्न ब्रान्डका विद्युतीय गाडी (ईभी) हरूका प्रिमियम एसेसरिजहरू एउटै छानामुनिबाट उपलब्ध गराउने उद्देश्य सहित अटो पार्लर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । 

एक विज्ञप्ति जारी गर्दै पार्लरमा ईभी गाडीहरूका लागि आवश्यक पर्ने सम्पूर्ण एसेसरिजहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप गुणस्तरमा उपलब्ध गराउने कम्पनीका प्रबन्ध निर्देशक राजिब केसीले जानकारी दिए । वातावरणमैत्री यातायात प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने गरी सञ्चालनमा ल्याइएको अटो पार्लरले ईभीका प्रिमियिम एसेसरिजहरू उपलब्ध गराउनुका साथै फिटिङ र बिक्रीपछिको सेवासमेत उपलब्ध गराउने उनको भनाइ थियो । 

अटो पार्लरले तत्कालका लागि विभिन्न ब्रान्ड र मोडल अनुसारको एसेसरिजहरू उपलब्ध गराएको छ । हाल बीवाईडी डल्फिन, बीवाईडी एट्टो–थ्री, एमजी फोर, दीपल, आयोन–वाई, नामी, एक्सपेङ जी–सिक्स, लिप मोटर, ओमोडा र ओरा गुड क्याटलगायत गाडीका सम्पूर्ण एसेसरिजहरू प्रिमियम क्वालिटीमा उपलब्ध छ । हाल नेपाली बजारमा धेरै चलेका चिनियाँ कारहरूको एसेसरिज उपलब्ध गराए पनि भविष्यमा जुन–जुन ब्रान्डले नेपाली बजारमा प्रभुत्व जमाउँदै जान्छ तिनै गाडीका एसेसरिजहरूको उपलब्धता बढाउने कम्पनीको दाबी छ । 

अटो पार्लरमा मिरर कभर, डोल ह्याण्डिल, कभर, ह्याण्डिल वाउल, सिट कभर, स्टेरिङ कभर, नेभिगेसन ग्लास प्रोटेक्टर, डोर सिल गार्ड, मोटर एन्ड ब्याट्री प्रोटेक्शन प्लेट, रनिङ बोर्ड, जेन्युयुन ३६० क्यामेरालगायत एसेसरिजहरू उपलब्ध छन् । साथै यहाँ आईसीई गाडीका एसेसरिजसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असार ८, २०८२ ८:३७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट