काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताएकी छन् ।

नेपाल र चीन बिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौमा शनिबार आयोजना गरिएको “अ विन्डो टु चाईना सिजाङ” कार्यक्रमलाई सम्बोधन गर्दै एक चीन निती प्रतिको प्रतिबद्धता दोहोर्याएकी हुन् ।
उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति चीनको निःशर्त सम्मानको नेपालले कदर गर्ने बताइन् ।
तिब्बत आफैंमा चित्रकला त्यसमा पनि बौद्ध धर्म सम्बन्धी कला सामग्रीहरू, मौलिक र परम्परागत तिब्बती लोकसंगीत, नृत्यका कारण धनी रहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले यो कार्यक्रमले हिमाली सौन्दर्य, परम्परा र परिवर्तन जस्ता विषयवस्तुका बारेमा सबैलाई जानकारी गराउन तथा तिब्बतलाई नजिकबाट बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

उनले नेपालकी राजकुमारी भृकुटी र तिब्बती राजा सोंछेन गम्पोबीचको विवाहले नेपाली कला र संस्कृतिलाई तिब्बतमा प्रवाह गरेको बताउँदै तिब्बत केवल चीनको आँखी झ्याल नभइ सांस्कृतिक, धार्मिक र मानवताको एउटा अनुपम विरासत भएको बताइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ