२०८२ असार ७ शनिबार
LATEST NEWS
२०८२ असार ७ शनिबार

‘विज्ञान क्षेत्र राज्यको उपेक्षामा पर्‍यो, वैज्ञानिकलाई किताब बेच्दै हिँड्नुपर्ने बाध्यता छ’

काठमाडौँ  । जनमत पार्टीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य अब्दुल खानले नेपालमा वैज्ञानिकहरूले राज्यबाट उपेक्षित भएर आफूले लेखेको किताब आफैँ बेच्दै हिँड्नुपर्ने दयनीय अवस्था रहेको बताएका छन् । शनिबार प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै सांसद खानले विज्ञान क्षेत्रमा पर्याप्त बजेट नछुट्याइएकोमा असन्तोष व्यक्त गरे ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई लक्षित गर्दै उनले नेपालमा वैज्ञानिकलाई किताब बेच्दै हिँड्नुपर्ने बाध्यता रहेको उल्लेख गरे ।  “मैले शिक्षा र प्रविधिमा त बजेट देखेँ, तर विज्ञानमा  देखिएन,” उनले भने, “जब कि हाम्रो देशका वैज्ञानिकहरू आफैँले लेखेको किताब आफ्नो टाउकोमा राखेर विद्यालयहरूमा, जिल्ला-जिल्लामा गएर बेचेर केही कामहरू गरिराख्नुभएको छ ।”

सांसद खानले वर्तमान युग विज्ञान र प्रविधिको भएकोले यसलाई शिक्षा मन्त्रालयसँग गाँसेर राख्नुको कुनै अर्थ नभएको तर्क गरे । “अहिलेको युग भनेको विज्ञान र प्रविधिको युग हो,” उनले भने, “विज्ञान र प्रविधिको युग भइसके पछाडि यो मन्त्रालयलाई शिक्षा मन्त्रालयसँग गाँसिएर राख्नु कुनै तुक छैन । त्यसकारण विज्ञानमा पनि बजेट छुट्याउनुपर्छ र खासमा विज्ञान मन्त्रालय नै छुट्टै हुनुपर्छ ।”

उनले स्वास्थ्य क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगजस्ता नवीनतम विषयमा अनुसन्धान र विकासका लागि बजेट छुट्याउनसमेत माग गरे । 

पछिल्लो अध्यावधिक: असार ७, २०८२ १५:५३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट