२०८२ असार २५ बुधबार
LATEST NEWS
२०८२ असार २५ बुधबार

नेपाली बजारमा साओमीका दुई नयाँ ट्याब्लेटको प्रि-बुकिङ खुला

काठमाडौँ । साओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेट साओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुला गरेको छ । शक्तिशाली प्रोसेसर, उच्च गुणस्तरको डिस्प्ले, लामो समयसम्म टिक्ने ब्याट्री र साओमी हाइपरओएस प्रणालीसहित आएका यी ट्याब्लेटहरूले नेपाली प्रयोगकर्ताहरूका लागि मनोरञ्जन, अध्ययन र अन्य काममा पनि नयाँ प्रविधिको अनुभव दिलाउने कम्पनीको अपेक्षा छ ।

साओमी प्याड ७ मा ३.२ के रिजोलुसन सहितको १४४ हर्जको हाई–रिफ्रेस रेट भएको डिस्प्ले दिइएको छ, जसले स्क्रोलिङ र मल्टिमिडिया अनुभवलाई सरल र सहज बनाउने कम्पनीको दाबी छ । स्न्यापड्रागन ७ प्लस जेन ३ प्रोसेसरसहितको यो ट्याब्लेटमा ८८५० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यस्तै ट्याबलेटमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा पाउन सकिन्छ । 

यसैगरी २.५ के डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट र हेलिओ जी १०० –अल्ट्रा प्रोसेसरसहित रेड्मी प्याड २ अध्ययन, मनोरञ्जन र सामान्य कामका लागि उत्तम विकल्प भएको कम्पनीको भनाइ छ । यसमा ९००० एमएएच ब्याट्री दिइएको छ । दुवै ट्याब्लेट ६/१२८ जीबी र ८/२५६ जीबी भेरियन्टमा पाउन सकिन्छ । 

कम्पनीले ६/१२८ जीबी स्टोरेज भएको रेडमी प्याड २ को मूल्य २४ हजार ९९९ रुपैयाँ तोकेको छ भने ८/२५६ जीबी स्टोरेजको मूल्य २९ हजार ९९९ रुपैयाँ छ । त्यसैगरी, ८/१२८ जीबी स्टोरेज भएको साओमी प्याड ७ को मूल्य ४४ हजार ९९९ रुपैयाँ र ८/२५६ जीबी स्टोरेजको मूल्य ४९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

प्रिबुकिङ खुलाएको अवसरमा कम्पनीले प्रि बुकिङ अफर पनि दिँदैछ । जुन १७ बाट सुरु भएको प्रि-बुकिङ २० जु्नसम्म चल्नेछ । यस अवधिमा प्याड ७ खरिद गर्ने ग्राहकले सात हजार ९९९ रुपैयाँ बजार मूल्य रहेको किबोर्ड वा फोकस पेन पाँच हजार ९९९ मा नै खरिद गर्नसक्नेछन् भने रेडमी प्याड २ खरिद गर्ने ग्राहकले निःशुल्क रेडमी बड्स ५ ए प्राप्त गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असार ६, २०८२ १०:३३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट