२०८२ असार ५ बिहीबार
२०८२ असार ५ बिहीबार

सिप्रदी-यात्रीको सहकार्यमा नेपालमै विद्युतीय स्कुटर उत्पादन हुँदै, कहिले आउला बजारमा ?

काठमाडौँ । सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकल्सको जोइन्ट भेन्चरमा ‘मेड इन नेपाल’ इलेक्ट्रिक स्कुटर पी-टु (P-2) बजारमा आउने भएको छ । कम्पनीले लामो समयको विकासपछि आन्तरिक ‘पी-२ डिजाइन प्रेजेन्टेसन’ सम्पन्न भएको र अब स्कुटरलाई प्रमाणीकरण चरणतर्फ लैजाने तयारी भइरहेको जानकारी दिएको छ ।

नेपालमै विद्युतीय स्कुटर उत्पादन गर्नेगरी सुरु भएको यो परियोजनामार्फत स्वदेशी निर्माण, नवप्रवर्तन र ई-मोबिलिटी को क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्ने लक्ष्य राखिएको छ । यात्रीले सामाजिक सञ्जालमार्फत एक टिजर सार्वजनिक गर्दै पी-टुको डिजाइन र उत्पादनप्रति आत्मविश्वास व्यक्त गरेको छ ।

पी-२ स्कुटरमा ‘मेड इन नेपाल’ ब्याचसहितको मिड-माउन्ट मोटर, ट्युबलेस अलोय ह्विल, दुवै पाङ्ग्रामा डिस्क ब्रेक र स्पोर्टी लुक दिने शार्प एज डिजाइन प्रयोग भएको छ । कम्पनीले यसै वर्षको अन्त्यसम्ममा पाइलट उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।

विद्युतीय मोटरसाइकल पी-१ मार्फत पहिल्यै चर्चा कमाएको यात्रीले सिप्रदीसँगको सहकार्यमा स्कुटर उत्पादनमार्फत स्वदेशी विद्युतीय सवारी उद्योगमा अर्को अध्याय थाल्न लागेको हो । ‍ यसअन्तर्गत विद्युतीय सवारीको अध्ययन, अनुसन्धान, डिजाइन, प्रोटोटाइप निर्माण र आगामी उत्पादनका लागि जोइन्ट भेन्चरले काम गरिरहेको छ ।

यसैबिच यात्रीले आफ्ना ब्याट्रीको कार्यक्षमता परीक्षणमा ‘नेक्स्ट लेभल’ अभ्यास गरिरहेको जनाएको छ । कम्पनीले वास्तविक सडक तथा दुर्गम पहाडी यात्राका माध्यमबाट ब्याट्री परीक्षण सञ्चालन गरिरहेको जानकारी दिएको छ ।

प्रयोगशालामा सीमित परीक्षण नगरी काठमाडौँ उपत्यकाभित्रको १०० किलोमिटरभन्दा बढी दूरी तथा बुढानीलकण्ठ-टोखा-सूर्यचौर-छहरे-ढिकुरे जस्ता चुनौतीपूर्ण पहाडी मार्गहरूमा ब्याट्रीको परीक्षण भइरहेको कम्पनीले जनाएको छ ।

“एउटा लुपमा मात्र २०० किलोमिटरभन्दा बढी दूरी कभर गरेर ब्याट्री परीक्षण गरिन्छ,” कम्पनीले भनेको छ, “थप यात्रु बसेको अवस्था समेतमा फरक खालका सडक सन्दर्भहरू समेटेर परीक्षण भइरहेको छ ।”

यस्ता परीक्षणमार्फत कम्पनीले केही सातामै १० हजार किलोमिटरभन्दा बढी दूरीको डेटा संकलन हुने जनाएको छ । यसबाट ब्याट्रीको दीर्घकालीन कार्यक्षमता बुझ्नका लागि आवश्यक महिनौंको जानकारी केही दिनमै प्राप्त गर्न सम्भव बनाउने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असार ४, २०८२ १४:४४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट