२०८२ असार ४ बुधबार
LATEST NEWS
२०८२ असार ४ बुधबार

फेसबुकमा अब सबै भिडिओ ‘रिल्स’ को रूपमा देखिने

काठमाडौँ । फेसबुकमा अब जुनसुकै भिडिओ पनि रिल्सको रूपमा शेयर हुने भएको छ । कम्पनीले मंगलबार घोषणा गर्दै अब भिडिओको लम्बाइ वा ढाँचाको आधारमा छुट्टै रूपमा पोस्ट गर्नुपर्ने अवस्था नरहने जानकारी दिएको हो ।

यसअघिसम्म प्रयोगकर्ताले ‘भिडिओ पोस्ट’ र ‘रिल्स’ फरक-फरक तरिकाले राख्न सक्थे । तर, अब यी दुवै एकीकृत गरेर सिधै रिल्सको रूपमा देखिनेछन् । साथै, फेसबुकको एपमा रहेको ‘Video’ ट्याबलाई पनि ‘Reels’ ट्याबमा रूपान्तरण गरिनेछ ।

फेसबुकका अनुसार अब रिल्स लम्बाइ वा ढाँका हिसाबले सीमित हुने छैनन् । हाल रिल्स अधिकतम ९० सेकेन्डको मात्र हुने व्यवस्था रहेकोमा अब त्यो नियम हट्नेछ ।

यस परिवर्तनबाट भिडिओ पोस्ट गर्ने प्रक्रिया झनै सरल हुने कम्पनीको विश्वास छ । यसबाट प्रयोगकर्ताले एउटै फ्लोबाट भिडिओ बनाउने, एडिट गर्ने र शेयर गर्ने अवसर पाउने छन् । साथै, पोस्ट गर्दा क-कसले रिल्स हेर्न सक्छन् भन्ने सेटिङ पनि प्रयोगकर्ता आफैंले रोज्न सक्नेछन् ।

यो परिवर्तन सबै प्रयोगकर्तालाई सहज नलाग्न सक्छ । केही प्रयोगकर्ताका लागि होरिजेन्टल फर्म्याटको भिडिओलाई भर्टिकलमा रुपान्तरण गर्नु झन्झटिलो हुन सक्छ । साथै, छोटा र लामो भिडिओ एउटै ढाँचामा मिसिनु पनि केही प्रयोगकर्तालाई मन नपर्न सक्छ ।

फेसबुकले नयाँ प्रणाली क्रमशः विश्वभर लागु गर्ने जनाएको छ । कम्पनीले फेसबुकमा छोटा, लामा र लाइभ भिडिओजस्ता सबै ढाँचाका सामग्रीका लागि स्थान रहने उल्लेख गरेको छ ।

 

पछिल्लो अध्यावधिक: असार ४, २०८२ ११:३६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट