२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

अमेरिकामा पत्रकारका ईमेल ह्याक, विदेशी सरकारको घुसपैठ रहेको आशङ्का

काठमाडौँ । अमेरिकी सञ्चारमाध्यम द वाशिङ्टन पोस्टले आफ्ना केही पत्रकारको ईमेल अकाउन्टमा साइबर आक्रमण भएको पुष्टि गरेको छ । बिहीबार राति ह्याकरले पत्रकारको ईमेलमा अनधिकृत पहुँच बनाएको थाहा भएपछि यो घटना सार्वजनिक भएको हो ।

यसपछि अनलाइन सुरक्षालाई थप कडा बनाइएको र सबै कर्मचारीको लगइन विवरण ‘रिसेट’ गरिएको वाशिङ्टन पोस्टले जनाएको छ ।

द वाशिङ्टन पोस्टका कार्यकारी सम्पादक म्याट मोरेले आइतबार प्रभावित कर्मचारीलाई पठाएको मेमोमा केही सीमित पत्रकारको मात्र ईमेल अकाउन्ट प्रभावित भएको र घटनाको अनुसन्धानका लागि फरेन्सिक टोली खटाइएको जानकारी दिएका छन् ।

यो घटनाबारे पहिलो खबर द वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको थियो । जर्नलले अज्ञात स्रोतलाई उद्धृत गर्दै आक्रमणमा कुनै विदेशी सरकारको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेको छ । रिपोर्ट अनुसार राष्ट्रिय सुरक्षा, आर्थिक नीति र चीनसम्बन्धी विषयमा रिपोर्टिङ गर्ने पत्रकारहरूलाई लक्षित गरिएको थियो ।

ह्याकरले माइक्रोसफ्ट अकाउन्टमार्फत ईमेलमा पहुँच बनाएको बताइएको छ । वाशिङ्टन पोस्ट विगतमा पनि साइबर आक्रमणको निशानामा परेको थियो । सन् २०११ यता पटक-पटक हुने यस्ता हमलामा कतिपयमा चिनियाँ समूहको संलग्नतामाथि आरोप लाग्दै आएको छ ।

संवेदनशील सूचना र बृहत् सम्पर्क सञ्जालका कारण पत्रकारहरू साइबर आक्रमणको सम्भावित निशाना बन्ने गर्छन् । वाल स्ट्रिट जर्नलका अनुसार हालसम्मको हमला ईमेलमा मात्र सीमित देखिएको छ । साथै वाशिङ्टन पोस्टका पत्रकारहरूले संवेदनशील संवादका लागि इन्क्रिप्टेड प्लाटफर्म प्रयोग गर्ने गरेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असार २, २०८२ १४:५७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट