२०८२ श्रावण १० शुक्रबार
LATEST NEWS
२०८२ श्रावण १० शुक्रबार

काठमाडौँको कीर्तिपुरमा सूचना प्रविधि सिकाइ केन्द्र स्थापना गर्ने तयारी

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा प्रविधि सिकाइ केन्द्र स्थापनाको तयार अघि बढेको छ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत यस किसिमको केन्द्र स्थापनाको अध्ययनका लागि बज‍ेट छुट्याएको हो ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले यसका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै निजी क्षेत्रको सहकार्यमा उक्त केन्द्र स्थापनाको अध्ययन गरिने बताए ।

विज्ञान तथा प्रविधिको विकासलाई जोड दिँदै बागमती प्रदेशका प्रतिभाहरूको पहिचान तथा क्षमता विकासका लागि प्रदर्शनी एवं विज्ञान मेलाहरू आयोजना गर्न तथा बागमती प्रदेशलाई सूचना प्रविधि हबको रूपमा विकास गर्न समेत उक्त विनियोजित बजेट खर्च गरिनेछ । 

 

पछिल्लो अध्यावधिक: असार २, २०८२ १५:०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?