२०८३ भाद्र ३० मंगलवार
LATEST NEWS
२०८३ भाद्र ३० मंगलवार

विद्युतीय सवारी साधन प्रोत्साहन गर्न मधेस प्रदेश सरकारले ईभी चार्जिङ स्टेसन निर्माण गर्ने

काठमाडौँ । मधेस प्रदेश सरकारले आफ्नै खर्चमा विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेसन बनाउने भएको छ । आइतबार चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले यस्तो कार्यक्रम अघि सारेका हुन् ।

उनका अनुसार विद्युतीय सवारी साधन खरिद गरी प्रयोग गर्न प्रोत्साहन दिन प्रदेशका विभिन्न स्थानमा ईभी चार्जिङ स्टेसन निर्माण गरिनेछ । त्यस्तै प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरूको कार्य सम्पादन, सेवा प्रवाहमा उच्चतम रूपमा डिजिटाइज टोकन सिस्टम, नगदरहित, कागजरहित, एसएमएस, एमएमएस, भ्वाइस मेसेज, भेहिकल रजिस्ट्रेसन सिस्टम लागु गर्ने घोषणा समेत प्रदेश सरकारले गरेको छ ।

त्यस्तै प्रदेशबाटै सवारी चालक अनुमतिपत्र छपाई, अटोमेटिक ट्रायल सेन्टर आदि योजना समेत अघि सारिएका छन् ।

पछिल्लो अध्यावधिक: असार २, २०८२ १९:२३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट