२०८२ श्रावण १ बुधबार
LATEST NEWS
२०८२ श्रावण १ बुधबार

बागमतीका १३ ओटै जिल्लामा स्टार्टअप, इन्क्युबेसन सेन्टर तथा कोसेली घर स्थापना गरिने

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत यस किसिमको कार्यक्रम अघि सारिएको हो ।

‘युवालाई स्वदेशमै रोजगार-समृद्ध प्रदेशको बलियो आधार’ भन्ने नारालाई आत्मसाथ गर्दै यस किसिमको कार्यक्रम सञ्चालन गरिने प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बताए । उनका अनुसार यो कार्यक्रम सञ्चालन गर्न बागमती प्रदेशका १३ ओटै जिल्लाहरूमा स्टार्टअप, इन्क्युवेसन सेन्टर तथा कोसेली घरको स्थापना गरी प्रविधि हस्तान्तरण गरिनेछ ।

साथै उद्योग तथा वाणिज्य कार्यालयहरूबाट प्रवाह हुने उद्योग तथा वाणिज्य प्रशासन सम्बन्धी सेवालाई थप सरल, छिटो, प्रविधिमैत्री बनाई विद्युतीय प्रणाली मार्फत सञ्चालन गर्न सबै उद्योग तथा वाणिज्य कार्यालयहरूलाई क्रमशः नमुना कार्यालयको रूपमा विकास गर्ने नीति समेत प्रदेश सरकारले लिएको छ ।

जसअनुसार आगामी आर्थिक वर्ष सिन्धुली, भक्तपुर, काभ्रेपलान्चोक र रामेछाप जिल्लाका उद्योग तथा वाणिज्य कार्यालयहरूलाई नमुना कार्यालयको रूपमा विकास गर्न बजेट छुट्याइएको छ । समग्रमा प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका लागि ७७ करोड ९६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पछिल्लो अध्यावधिक: असार २, २०८२ १४:४३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट