२०८२ भाद्र १ आईतवार
२०८२ भाद्र १ आईतवार

अपाङ्गता भएका व्यक्तिहरूलाई काठमाडौँमा ६० दिने कम्प्युटर मर्मत तालिम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै ६० दिने कम्प्युटर हार्डवेयर चिप लेबल तालिम सम्पन्न गरेको छ । महानगरको सामाजिक विकास विभागमार्फत १० जना शारीरिक अपाङ्गता भएका सहभागीहरूलाई गत वैशाख ३ गतेदेखि तालिम प्रदान गरिएको हो ।

आइतबार (असार १ गते) सम्पन्न तालिमको क्रममा सहभागीहरूले चार ओटा ल्यापटप र छ ओटा डेस्कटप मर्मत गरी पुनः सञ्चालनमा ल्याएका छन् । साथै, थप सात ओटा कम्प्युटरको समस्या पहिचान (फल्ट फाइन्डिङ) गरिएको छ ।

तालिमका सहायक प्रशिक्षक दुर्गामान तामाङका अनुसार बिग्रिएका ३० वटा कम्प्युटरमध्ये ८ वटा मर्मत भइसकेका छन् भने आवश्यक सामान फेरिएपछि थप सात ओटा कम्प्युटरसमेत सञ्चालनयोग्य हुनेछन् । मर्मतका क्रममा कुन सामान फेर्नुपर्ने हो भनेर टिपोट गरी कम्प्युटरमा टाँस्ने अभ्याससमेत गराइएको उनले जानकारी दिए ।

तालिममा सहभागीहरूलाई मदरबोर्ड रिपेयर, डीसी पावर, ब्याट्री चार्जिङ् सर्किट, पावर टेस्ट प्वाइन्ट, एडेप्टर र चार्जिङ्गमा देखिन सक्ने समस्या, विभिन्न प्रकारका कम्प्युटरहरूको रिपेयर प्रक्रिया, रिकभरी, हाइसाइड–लो साइड टेस्टिङ्, ल्यापटप एसेम्ब्लिङ्ग, फाइनल रिभिजनजस्ता सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।

महानगरले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी यस्तो तालिम सञ्चालन गरेको यो तेस्रो वर्ष हो । अघिल्लो वर्ष आयोजित तालिममा सहभागीहरूलाई कम्प्युटर तथा प्रिन्टर मर्मतसम्बन्धी सीप प्रदान गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असार २, २०८२ १२:३७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट