२०८२ असार २ सोमबार
LATEST NEWS
२०८२ असार २ सोमबार

सुदूरपश्चिम प्रदेशको बजेट ३३ अर्ब ४७ करोड (पूर्णपाठ)

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८२/८३ को लागी ३३ अर्ब ४७ करोड ६० लाखको बजेट ल्याएको छ। आइतबार साँझ आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्।

कुल बजेटमा चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख, पुँजीगत खर्चतर्फ १९ अर्ब ८३ करोड २ लाख, अन्तर सहकारी वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थापनका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ।

बजेटको स्रोत व्यहोरामा सबैभन्दा ठूलो हिस्सा नेपाल सरकारको राजस्व बाँडफाँटबाट ९ अर्ब ८७ करोड २५ लाख प्राप्त हुने अनुमान छ।

यस्तै, नेपाल सरकारको वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९२ करोड ५६ लाख, चालु आर्थिक वर्षको बचत रकम ७ अर्ब ६६ करोड ६३ लाख, सशर्त अनुदानबाट ४ अर्ब ३ लाख, आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ६५ लाख, संघीय समपूरक अनुदानबाट ६० करोड २६ लाख र विशेष अनुदानबाट ५१ करोड ६० लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ।


सामाग्री श्रोत :

सुदूरपश्चिम प्रदेशको बजेट ३३ अर्ब ४७ करोड (पूर्णपाठ)

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट