२०८२ असार २७ शुक्रबार
LATEST NEWS
२०८२ असार २७ शुक्रबार

महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारी सम्मानित

काठमाडाैं। महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीहरुलाई एक विशेष कार्यक्रमसहित सम्मान गरिएको छ।

बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकता साथ २० वर्ष सम्म निरन्तर रुपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्वपुर्ण सेवा तथा योगदान पुर्‍याए बापत ३६ जना कर्मचारीहरुलाई काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्मान गरिएको हो।

विभिन्न शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयमा रही सेवा प्रदान गरिरहेका उक्त कर्मचारीहरुलाई बैंकका अध्यक्ष, सचालक समितिका सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका हुन्।

उक्त कार्यक्रममा संचालक समिति सदस्यहरु, बैंकका उच्च पदस्थ अधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, काठमाण्डौं उपत्यकाका शाखा प्रबन्धकहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो। सम्मानित कर्मचारीको ज्ञान, सीप, अनुभव र मार्गदर्शनले बैंकलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।

साथै उक्त कार्यक्रममा महालक्ष्मी टोष्टमास्टर क्लबको औपचारिक सुरुवात समेत गरिएको छ। टोस्टमास्टर इन्टरनेशनलद्वारा मान्यता प्राप्त यो क्लबमार्फत बैकका कर्मचारीहरुमा नेतृत्व क्षमता, सार्वनजानिक वक्तृत्व कला, आत्मविश्वास तथा संचार कौशल अभिवृद्धिमा सहयोग पुर्‍याउने लक्ष्यसहित गठन गरिएको हो। विकास बैंकहरुमा टोस्टमास्टर क्लबको औपचारिक सुरुवात गर्नेमा महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको छ।

जेष्ठ महिना भर बैंकले ३१ औं वार्षिकोत्सव मनाउन तय गरेको पूर्व निर्धारित सम्पूर्ण कार्यक्रमहरु समेत सफलतापूर्वक सम्पन्न भएका छन्। यस अवसरमा आगामी दिनहरुमा बैंकले आफ्ना ग्राहकहरुलाई थप अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउन प्रतिबद्धता समेत जाहेर गरेको छ।

 


सामाग्री श्रोत :

महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारी सम्मानित

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट