२०८२ श्रावण १७ शुक्रबार
२०८२ श्रावण १७ शुक्रबार

बनियानी । यहाँको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा आज दुर्लभ कछुवा फेला परेको छ ।

पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक वन नजिकै रहेको चिसो पानी रसाइरहने क्षेत्रमा पहेंलो रंगको कछुवा फेला पारेका हुन्।

उक्त कछुवा ‘स्पटेड नर्थर्न इन्डियन फ्ल्यापसेल टर्टल’ प्रजातिको रहेको नेपालका चराचुरुङ्गी तथा जीवजन्तु अनुसन्धानकर्ता अस्मित सुब्बाले जानकारी दिए। पाकिस्तानदेखि म्यानमारसम्म फैलिएको यो कछुवा नेपालका केही तराई क्षेत्रमा करिब ४०० मिटर उचाइसम्म पाइने उनले बताए।

‘यो कछुवाको ‘क्रोमेटिक ल्युसिज्म’ दुर्लभ रूप (पहेंलो) नेपालमा दोस्रो पटक अभिलेख हुन सक्छ’, उनले भने, ‘यसअघि जनकपुरमा यसको अभिलेख गरिएको थियो।’

यस्ता कछुवा विरलै देखिने भएकाले संरक्षणका दृष्टिकोणले विशेष महत्व रहेको उनको भनाइ छ। कछुवा जलथल सब–डिभिजन वन कार्यालय रंगियाडाँडाका कर्मचारीलाई जिम्मा लगाइएको वन समूहका सहसचिव भरत ढकालले बताए।


सामाग्री श्रोत :

जलथल जंगलमा भेटियो दुर्लभ कछुवा

काठमाडौँ । के तपाईँ आफ्नो अनलाइन व्यवसाय वा ई-कमर्स व्यवसाय छिटो अनि प्रभावकारी ढङ्गले अगाडि बढाउन चाहनु हुन्छ ? अर्डर लिनेदेखि डेलिभरीसम्मको काम म्यानुअल्ली एक एक गरी गर्दा ढिलाई भएर ग्राहकहरू तपाईँको सेवाबाट असन्तुष्ट भइरहेका पो छन् कि ? 

अब चिन्ता नगर्नुहोस्,  यिनै समस्याहरूलाई नै समाधान गर्न ईआरपी सफ्टवेयर ओडूमा पाउन सक्नुहुन्छ अटोमेसन इन ई-कमर्स (Automation in ecommerce) । जसमा तपाईँले अर्डर र डेलिभरी दुवैको अटोमेसन सुविधा पाउन सक्नुहुन्छ । 

यसबाट अनलाइन व्यवसायलाई पूर्ण रूपमा स्वचालित गरेर सजिलो, छरितो र स्मार्ट बनाउन सकिन्छ, अर्थात् सबै कुरा स्वचालित हुन्छ । ग्राहकले ओडू पावर्ड स्टोर (Odoo powered store) बाट अर्डर गरेपछि तपाईँको सेल्स अर्डर, उपलब्ध स्टकदेखि लिएर डेलिभरी प्रोसेस ढिलाई बिना नै सुरु हुन्छ । 

यो प्रणालीमा क्याश अन डेलिभरी (Cash on Delivery-COD) छनोट गर्ने ग्राहकको भुक्तानी नभएसम्म पेन्डिङको रूपमा राखिन्छ र भुक्तानी प्राप्त भएको पुष्टि भएपछि बैँक खातामा मिलान गरिन्छ । जसले गर्दा तपाईँको अकाउन्टिङ, आम्दानी लगायत सबै महत्त्वपूर्ण कुराहरू यथार्थ परक रूपमा ट्य्राक हुन्छन् । 

यति मात्रै होइन, ग्राहकको बिल सोझै ग्राहकको ई-मेलमा जान्छ र तपाईँको अकाउन्टिङ सिस्टममा स्वतः रेकर्ड भएर बस्छ । त्यसैले म्यानुअल काम बिना नै कम्पनीले मानव संसाधन तर्फको अतिरिक्त खर्च जोगाउन सक्छन् । 

यसरी तपाईँले स्मार्ट तरिकाले ओडूको ई-कमर्स अटोमेसन प्रणालीबाट आफ्नो व्यवसाय सञ्चालन गर्नु भयो भने प्रभावकारी रूपमा काम हुनुका साथै समय बचत हुन्छ । यति मात्र होइन, मानवीय त्रुटिबाट जोगिनुका साथै ग्राहकको सन्तुष्टि समेत बढाउन सघाउँछ । यसरी अन्ततः तपाईँको व्यवसायलाई नै फाइदा पुग्छ । यो सेवा ओडूको स्थानीय साझेदार कम्पनीले नेपालमा उपलब्ध गराउँदै आएको छ । 

 

पछिल्लो अध्यावधिक: असार १, २०८२ १६:४५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

इण्डियन आयल कर्पाेरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायाेजन गरेकाे हाे। यससँगै अब पेट्राेलकाे पहिलाे वर्गमा प्रतिलिटर १५७.५०, दाेस्राेमा १५९ र तेस्राेमा १६० रुपैयाँ पुगेकाे छ।

Ncell 2
Ncell 2

बढेकाे मूल्य आजै रातिदेखि लागू हुने निगमले जनाएकाे छ।

petrol-e1750000786681-1750002921.jpg

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

 

विराटनगर – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ। त्यसमा स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ५१ करोड ७१ लाख छुट्याइएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार सो अनुमान प्रस्तुत गरेका हुन्।

बजेटमा चालूतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगत तर्फ १७ अर्ब १० करोड विनियोजन भएको छ। वित्तीय व्यवस्थापन तर्फ १० करोड विनियोजन भएको छ।

आगामी वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा १.१७ प्रतिशत बढी हो। चालु आर्थिक वर्षका लागि सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट बनाएको थियो।

 

सामाग्री श्रोत :
swasthyakhabar

जलेश्वर । विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास नगरपालिकाले आफ्नो नगर क्षेत्रका विद्यालय तीन दिनका लागि बन्द गरेको छ।

बर्दिवास नगरपालिकाले एक सूचना जारी गर्दै आजदेखि लागू हुने गरी नगरक्षेत्रभित्रका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि पठनपाठन बन्द गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं उपसचिव रेवतीप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनामा विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक गर्मी तथा तातो हावाका कारण मौसम प्रतिकूल भएको हुँदा विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शैक्षिक सत्र २०८२ को बर्षे बिदाबाट कट्टा हुने गरी असार १ गतेदेखि ३ गतेसम्मको लागि विद्यालयको पठनपाठन बन्द गर्न गराउन सूचना जारी गरिएको उल्लेख गरिएको हो।

महोत्तरीमा करिब दुई सातादेखि तापक्रम ४० डिग्रीदेखि ४२ डिग्रीसम्म बढेपछि स–साना बालबालिकाहरु बढी प्रभावित हुन थालेपछि बर्दिवास नगरपालिकाले तीन दिनसम्म सम्पूर्ण विद्यालयको पठन पाठन बन्द गरेको हो ।


सामाग्री श्रोत :

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

काठमाडौँ । अस्ट्रेलियाबाट सर्भर सञ्चालन गरेर राजस्व आयकर छली गरेको ठहर गर्दै राजस्व अनुसन्धान विभागले नेपाल क्यान मुभ प्रालिका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । कूल १ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम बिगो माग दाबी गर्दै विभागले ६ जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको हो । 

कम्पनीका प्रमुख सञ्चालक सुदिप आचार्य, जीवन ज्ञवाली, गंगाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप-कार्यकारी निर्देशक संगम पौडेलविरुद्ध एक अर्काको मिलेमतोमा अस्ट्रेलियाबाट सर्भर सञ्चालन गरेर कर छलि गरेको आरोपमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनअनुसार मुद्दा दायर गरिएको हो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार मुद्‍दा दायर गर्दै सबै प्रतिवादीबाट क्षतिपूर्ति भराउनुपर्ने माग विभागले गरेको छ । 

विभागका अनुसार काठमाडौँको तीनकुनेस्थित नेपाल क्यान मुभको कार्यालयले कर छली गरेको गोप्य सूचना पाएपछि छापा मारेर त्यहाँको portal.nepalcanmove.com पोर्टल नियन्त्रणमा लिइएको थियो । उक्त पोर्टलबाट आर्थिक वर्ष २०७६/०७७ देखि २०८१/८२ को फागुन मसान्तसम्मको ट्रायल ब्यालेन्स प्रिन्ट गरेर ल्याइएको थियो । साथै, अन्य कागजातहरू तथा डिजिटल प्रमाणहरू पनि बरामद गरिएका थिए ।

विभागको अनुसन्धानअनुसार कम्पनीले सर्भर अस्ट्रेलियामा राखेर  कारोबार विवरण आन्तरिक राजस्व विभागबाट लुकाउँदै आएको देखिएको छ । उक्त पोर्टलमार्फत भएका विक्रीहरूलाई तोडमोड गरेर वास्तविक विवरणमा नदेखाइ म्यानुअल बिलिङ प्रणाली अपनाएर कर छली गरिएको पुष्टि भएको विभागले जनाएको छ । 

अनुसन्धानका क्रममा कम्पनीका प्रमुख सेयरधनी रूपन्देहीका सुदिप आचार्य (५५.३३%) र गुल्मीका जीवन ज्ञवाली (१६%) लाई विभागको पटक पटकको ताकेता गर्दा पनि उपस्थित नभएर फरार भएको बताइएको छ । कम्पनीले ७८ करोड २८ लाख ४६ हजार रुपैयाँ बराबरको सेवा विक्री लुकाएको ठहर गर्दै विभागले मूल्य अभिवृद्धि कर ऐनको दफा २९(२) अनुसार कर, जरिबाना र ब्याज गरेर २६ करोड ७ लाख ५० हजार ५१५ रुपैयाँ जरिबाना ठहर गरेको छ ।

साथै, सेवा विक्रीलाई आयकर विवरणमा नदेखाई आय लुकाएको ठहर गर्दै  ४२ करोड ३६ लाख ५५ हजार २४५ रुपैयाँ जरिबाना गरेर ६८ करोड ४४ लाख ५ हजार ७६० रुपैयाँ बिगो कायम गरिएको छ । उक्त रकममा शतप्रतिशत जरिबाना थपेर १ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी सरकारलाई हानी पुर्‍याएको आरोप लगाउँदै विभागले अभियोग पत्र पेस गरेको हो ।

 

पछिल्लो अध्यावधिक: असार १, २०८२ १९:१४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– परराष्ट्रमन्त्री डा आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित मुलुकका नेपाली राजदूतलाई निर्देशन दिएकी छन्।

मन्त्री डा राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रुपमा प्रवाह गरी नेपालीलाई निरन्तर सुसूचित गर्न निर्देशन दिएकी छन् ।

Ncell 2
Ncell 2

हाल इजरायलमा करिब पाँच हजार ५०० र इरानमा करिब १२ जना नेपालीहरु रहेको र उनिहरु सबैजना सुरक्षित रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । इजरायल र इरानबीच विकसित उक्त घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीहरुको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने मन्त्रालयको भनाइ छ । 

मन्त्रालयले नेपाली राजदूतावास, तेल अभिभमा नियोग उप-प्रमुख/प्रवक्ता कुमारबहादुर श्रेष्ठलाई फोन नं +९७२–५३५३६०७४८, ०३५१००१११ र इ-मेलः [email protected] र नेपाली राजदूतावास, दोहामा मिनिष्टर काउन्सेलर÷नियोग उप-प्रमुख कुमार राईलाई फोन नं +९७४-५५६१६०४०, +९७४-४४६७५६८१, ४४६७५६८३, ४४१७१९६२ र इ-मेलः [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ ।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं-  मधेश प्रदेशले गर्‍यो स्वास्थ्यमा ६ अर्ब ४५ करोड ६१ लाख विनियोजन गरेको छ। 

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार को बजेट ल्याएको छ ।

चालुमा १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको छ ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित मुलुकका नेपाली राजदूतलाई निर्देशन दिएका छन्।

मन्त्री डा. राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रुपमा प्रवाह गरी नेपालीलाई निरन्तर सुसूचित गर्न निर्देशन दिएका छन्।

हाल इजरायलमा करिब पाँच हजार ५०० र इरानमा करिब १२ जना नेपालीहरु रहेको र उहाँहरु सबैजना सुरक्षित रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ। इजरायल र इरानबीच विकसित उक्त घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीहरुको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने मन्त्रालयको भनाइ छ।

मन्त्रालयले नेपाली राजदूतावास, तेल अभिभमा नियोग उप-प्रमुख/प्रवक्ता कुमारबहादुर श्रेष्ठलाई फोन नं +९७२–५३५३६०७४८, ०३५१००१११ र इ-मेलः nepalembassy@012.net.il र नेपाली राजदूतावास, दोहामा मिनिष्टर काउन्सेलर/नियोग उप-प्रमुख कुमार राईलाई फोन नं +९७४-५५६१६०४०, +९७४-४४६७५६८१, ४४६७५६८३, ४४१७१९६२ र इ-मेलः eondoha@mofa.gov.np मा सम्पर्क गर्न सकिने जनाएको छ।


सामाग्री श्रोत :

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

काठमाडौँ । डिजिटल युगमा सामाजिक सञ्जाल केवल सम्पर्कको माध्यम मात्र रहेन, यो आपराधिक जाल बुन्ने मैदान पनि बन्न थालेको छ । राजधानी काठमाडौँमा हालै भएको एउटा घटना यसैको एउटा उदाहरण हो, जहाँ सामाजिक सञ्जालबाट सुरु भएको ‘सम्बन्ध’ यौन शोषणको धम्की र करोडौँ रुपैयाँको फिरौतीमा परिणत भयो ।

यो घटना प्रविधिको दुरुपयोगबाट कसरी मानिसको जीवन धरापमा पर्न सक्छ भन्ने एउटा तितो यथार्थको ज्वलन्त उदाहरण बनेको छ । कथा सुरु हुन्छ, राज चौलागाईं (नाम परिवर्तन) लाई ‘आँचल चौगुठी’ नामक फेसबुक आईडीबाट आएको एक फ्रेन्ड रिक्वेस्टबाट । युवतीको रिक्वेस्ट देखेर राजले तत्काल स्वीकार गरे । त्यसले दुवै जनाबिच कुराकानीको बाटो खोल्यो । यसै क्रममा आँचलले राजलाई भेट्न महाराजगन्ज बोलाइन् ।

२०८१ चैत २३ गते महाराजगन्जको बगर हाउस पुगेका राजको आँचल र उनको साथमा आएकी ममता तामाङसँग पहिलो पटक भेट भयो । फोन नम्बर आदानप्रदान गरेर त्यस दिन उनीहरू छुट्टिए ।

तीन दिनपछि, २०८१ चैत २६ गते आँचल र ममताले राजलाई ठमेलस्थित होलिडे रिजेन्सी होटेलमा बोलाए । तीनै जनाले होटेलको कोठामा खाजासँगै मादक पदार्थ पनि सेवन गरे । तर आफू भने त्यसक्रममा ‘अचेत’ हुन पुगेको कुरा राजले जाहेरीमा खुलाएका छन् । यही मौकामा ममता तामाङले आँचल र राजबिच भएका ‘किस’ लगायत नग्न फोटो तथा भिडिओ मोबाइलबाट खिचिन् ।

घटनाको एक महिनापछि, २ जेठ २०८२ का दिन राजलाई मेसेन्जरमा सम्पर्क गरी आँचलले ती संवेदनशील फोटो तथा भिडिओहरू पठाइन् । त्यससँगै राजविरुद्ध यौन शोषणको मुद्दा हालेको भनी निवेदनको फोटोसमेत पठाइएको थियो । यद्यपि उक्त निवेदन नक्कली थियो । यदि काठमाडौँमा घर र चार आना जग्गा नदिए यौन शोषणको मुद्दा लगाउने धम्की राजलाई दिन थालिन् । मानसिक दबाबमा राखेर उनीहरूले केही रकम हात पारे । 

त्यसपछि राजलाई अनामनगरको टिम्बुर रेस्टुरेन्टमा बोलाए । त्यहाँ आँचल र ममतासँगै यस अपराधका मुख्य योजनाकार मानिएका दीपक विष्ट र राजेन्द्र विष्ट पनि आएका थिए । उनीहरूले ‘केस मिलाउन’ भन्दै ७० लाख रुपैयाँ माग अघि सारे । रकम नदिए मुद्दा चलाउने धम्की दिएपछि दबाबमा परेका राजले ८ जेठ २०८२ को मिति राखेर प्राइम कमर्सियल बैंकमा रहेको आफ्नो खाताबाट आँचल चौगुठीको नाममा ५ लाख रुपैयाँको चेक काटिदिए । तर बाँकी रकम पछि दिनुपर्ने भन्दै राजमाथि उनीहरूले मानसिक यातना भने दिइरहे । 

यसरी मानसिक यातना र धम्की आएपछि राजले ७ जेठ २०८२ का दिन प्रहरीमा उजुरी दिए र तत्काल अनुसन्धान अघि बढ्यो । सोही दिन प्रहरीले आँचल चौगुठी र ममता तामाङलाई पक्राउ गर्न सफल भयो । उनीहरूको साथबाट ५ लाख रुपैयाँको चेक, दुई ओटा मोबाइल फोन लगायतका सामग्री बरामद गरिएका छन् । 

प्रहरी समक्ष बयान दिँदै दुवै महिलाले आफ्नो संलग्नता स्वीकारेका छन् । आँचल चौगुठीले राजेन्द्र विष्टको निर्देशनमा राजको नग्न फोटो र भिडिओ बनाएको र त्यसबाट आर्थिक लाभ लिने उद्देश्य रहेको बयान दिएकी छिन् । ३४ वर्षीय आँचल भक्तपुर-१७ घर भई हाल काठमाडौँ ५ हाँडीगाउँ र ३४ वर्षकी ममता चाहिँ कैलाली, गोदावरी-१० घर भई हाल काठमाडौँ-५ कालोपुल बस्दै आएकी थिइन् । 

कञ्चनपुरको साबिक सुडा-३ घर भई हाल काठमाडौँ-५ कालोपुल बस्ने ३६ वर्षीय दिपक विस्ट र कञ्चनपुरकै  पिपलाडी घर भएका दिपक राजेन्द्र विष्ट भने फरार रहेको भन्दै अदालतबाट पक्राउ पुर्जीको माग गरिएको छ । पक्राउ परेका आँचल र ममता विरुद्ध एक्सटर्सन (आपराधिक लाभ) लिन नहुने कसुरमा अदालतमा मुद्दा सुरु भएको छ । 

 

पछिल्लो अध्यावधिक: असार १, २०८२ २०:३९





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट