काठमाडौं- बिहीबार भारतको अहमदावादमा भएको जहाज दुर्घटनामा रेसिडेन्ट चिकित्सक बस्ने होस्टेलका ३४ जनाको मृत्यु भएको पाइएको छ। शनिबार थप शव फेल परेसँगै उक्त दुर्घटनामा अहिलेसम्म २७५ जनाको मृत्यु पुष्टि भएको छ।
बिजे मेडिकल कलेजको होस्टलममा ३४ जनाको शव भेटिएको हो।
बिजे मेडिकल होस्टलमा रहेका ३४ जनाको मृत्यु भएकोमा मा पाँच जना चिकित्सक रहेका छन् भने ३१ जना अन्य स्टाफ रहेको बुझिएको छ।
बिहीबार अहमदावादबाट उडेको जहाज दुई मिनेटमै होस्टलको बिल्डिङमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको थियो ।
अस्पतालमा अहिलेसम्म २७० भन्दा बढी शवको पोस्टमार्टम भइसकेको छ । यसबाहेक २३० जनाको डीएनए स्याम्पलिङ पनि गरिएको छ ।
विमानमा २४२ जना सवार थिए । जसमध्ये एक जना मात्र बाँचेका छन्।
सामाग्री श्रोत :
swasthyakhabar

