२०८२ असार १ आईतवार
LATEST NEWS
२०८२ असार १ आईतवार

सरकार र नेताप्रति असन्तुष्टि पोख्दै अर्को सरकारी वेबसाइट ह्याक, के भने ह्याकरले ?

काठमाडौँ । एक ह्याकर समूहले नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागको वेबसाइट डिफेस गरिदिएको छ । ‘मिडनाइट अप्स नेपाल’ नामक ह्याकर समूहले शनिबार बिहान वेबसाइटमा अनधिकृत पहुँच लिई पेज परिवर्तन गरेको हो ।

ह्याकरहरूले वेबसाइटको अपलोड पेजको मूल सामग्री हटाई “HAHAHA UR SECURITY SUCKS !!!” शीर्षक राख्दै “This site has been hacked by MidNight Ops Nepal” “Your Democracy has beed hacked” र “​Security is just an illusion” भन्ने सन्देश डिस्प्ले गरेका छन् । 

त्यही पेजमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिरमा मूत्र विसर्जन गरेजस्तो कार्टुन देखाइएको छ, जसलाई अपमानजनक रूपमा प्रस्तुत गरिएको छ । साथै, ‘मिडनाइट अप्स नेपाल’ ले आफ्नो टेलिग्राम लिंक र सम्पर्क ईमेल पनि पेजमा राखेको छ ।

उक्त ह्याकर समूहले टेकपानालाई पठाएको ईमेलमा आफूले जल तथा मौसम विज्ञान विभागको वेबसाइट ह्याक गरेको दाबी गर्दै यो डिफेस आक्रमण नेपालको सरकारी डिजिटल पूर्वाधार कति असुरक्षित छ भन्ने कुराको ‘public demonstration’ (सार्वजनिक प्रदर्शन) भएको जनाएको छ । “हामीले कुनै डेटा चोरेनौँ, आन्तरिक प्रणालीमा क्षति पुर्‍याएनौँ । यो नष्ट गर्ने होइन, देखाउने प्रयास थियो,” ईमेलमा उल्लेख छ ।

ह्याकर समूहका अनुसार वेबसाइटमा पुरानो प्रविधिको प्रयोग, गलत रूपमा कन्फिगर गरिएको पहुँच र कुनै पनि आधुनिक सुरक्षा संयन्त्रको अभावका कारण ह्याक गर्न सजिलो भएको थियो । “हामीले गर्न सकेका छौं भने विदेशी ह्याकरले के गर्न सक्छन् भन्ने कल्पना गर्नुहोस्,”  मिडनाइट अप्स नेपालले चेतावनीस्वरूप लेखेको छ ।

यस घटनाबारे टेकपानाले विभागका अधिकारीहरूसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । 

पछिल्लो समय एकपछि अर्को गर्दै सरकारी वेबसाइट ह्याक भइरहेका छन् । यसले सरकारको साइबर सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८२ १७:५८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट