२०८२ असार ७ शनिबार
LATEST NEWS
२०८२ असार ७ शनिबार

ई-स्पोर्ट्स विश्वकप २०२५: क्रिस्टियानो रोनाल्डो बने ग्लोबल एम्बासडर

काठमाडौँ । साउदी अरबमा आगामी जुलाईदेखि आयोजना हुने ई-स्पोर्ट्स विश्वकप २०२५ का लागि विश्व प्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो ग्लोबल एम्बासडर घोषित भएका छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा आफ्नो भूमिकाबारे जानकारी दिँदै ई-स्पोर्ट्सको विस्तार र भविष्यप्रति आफू उत्साहित भएको बताएका छन् ।

रोनाल्डोको ई-स्पोर्ट्समा प्रवेशलाई डिजिटल खेलकुद उद्योगको लागि महत्त्वपूर्ण मोडको रूपमा लिइएको छ । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा करोडौं फलोअर भएका रोनाल्डोको विश्वव्यापी प्रभावले ई-स्पोर्ट्स प्रतियोगिता विश्वभरका दर्शक, विज्ञापनदाता र लगानीकर्ताको ध्यान तान्ने आयोजकको अपेक्षा छ ।

ई-स्पोर्ट्स विश्वकप आउँदो ७ जुलाईदेखि २४ अगस्टसम्म रियादमा हुनेछ । लिग अफ लेजेन्ड्स, पब्जी, फेटल फ्युरी, भ्यालोरन्ट, चेस लगायत चर्चित खेल समावेश गरिएको प्रतियोगितामा सात करोड अमेरिकी डलर बराबरको पुरस्कार राशि तोकिएको छ । 

खेलकुदको परम्परागत संरचनाभित्रै डिजिटल प्रतिस्पर्धालाई स्थान दिलाउने उद्देश्यले रोनाल्डोजस्ता खेल हस्तीलाई एम्बासडर बनाइनु रणनीतिक कदम मानिएको छ । आयोजक संस्था ईडब्लूसीडब्लीएफका सीईओ राल्फ राइशेर्टले भनेका छन्, “क्रिस्टियानो रोनाल्डो जस्तो महान् खेलाडीको साथ पाउनु ई-स्पोर्ट्स कम्युनिटीका लागि सम्मानको कुरा हो । उनले नयाँ पुस्तालाई प्रेरणा दिनेछन् ।”

रोनाल्डोले कार्यक्रमभरि ई-स्पोर्ट्स विश्वकपको विश्वव्यापी अभियानको नेतृत्व गर्नेछन् भने यसको रचनात्मक विषयवस्तु ‘राइज अबभ’ (Rise Above) लाई प्रवर्द्धन गर्नेछन् ।

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८२ ८:३९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट