२०८२ जेष्ठ ३२ शनिबार
LATEST NEWS
२०८२ जेष्ठ ३२ शनिबार

मिडियालाई नै धराशायी गराइदिने भन्दै परराष्ट्रमन्त्रीले ह्वाट्सएपमार्फत धम्की दिएको दाबी

काठमाडौँ । नेपाल रिपब्लिक मिडियाले आफ्नी निर्देशक शोभा ज्ञवालीलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ह्वाट्सएपमार्फत धम्की दिएको दाबी गरेको छ । नागरिक तथा रिपब्लिका दैनिकमा बिहीबार प्रकाशित पत्रकार दिलभूषण पाठकसम्बन्धी समाचारलाई लिएर परराष्ट्रमन्त्री राणाले धम्की दिएको मिडियाले जनाएको छ ।

“राणाले स्वकीय सचिव कमल रावलको ह्वाट्सएप नम्बरबाट ज्ञवालीलाई दिउँसो १ः५३ बजे फोन गर्दै नेपाल रिपब्लिक मिडिया र यसका सञ्चालकहरूलाई धराशयी गराइदिने चेतावनी दिएकी हुन्,” नागरिक दैनिकले लेखेको छ ।

ज्ञवालीले समाचारबारे आफूलाई जानकारी नभएको बताउँदा पनि मन्त्री राणाले करिब चार मिनेटसम्म एकोहोरो गालीगलौज गरेको नागरिकले उल्लेख गरेको छ । “राणाले पाठकको दर्ता नभएको युट्युब च्यानलबाट समाचार सामग्री आएका कारण विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही चलाउनुपरेको खुलासासमेत गरेकी थिइन्” नागरिकको समाचारमा लेखिएको छ ।

परराष्ट्रमन्त्रीको व्यवहारप्रति आपत्ति जनाउँदै निर्देशक ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, राष्ट्रिय मानव अधिकार आयोग, युएन वुमन, युनेस्को नेपाल तथा अन्तर्राष्ट्रिय संस्थाहरू फ्रिडम फोरम, कमिटी टु प्रोटेक्ट जर्नालिस्ट र रिपोटर्स विथआउट बोडर्समा जानकारी गराएकी छन् ।

नेपाल रिपब्लिक मिडियाले राज्य संयन्त्रको दुरुपयोग गरी सञ्चारगृहका प्रमुखलाई धम्की दिएको घटनालाई गम्भीर रूपमा लिएको भन्दै तत्काल छानबिनको माग समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ ७:५७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट