२०८२ जेष्ठ २७ सोमबार
LATEST NEWS
२०८२ जेष्ठ २७ सोमबार

म्यानपावर कम्पनीले अब ‘गुगल म्याप्स’ र ‘गुगल प्लस कोड’ अनिवार्य बुझाउनुपर्ने

काठमाडौँ । सरकारले म्यानपावर लगायत वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाको इजाजतपत्र नवीकरणका लागि नयाँ नियम लागु गरेको छ । वैदेशिक रोजगार विभागले सोमबार एक सूचना राख्दै अबदेखि इजाजतपत्र नवीकरण गर्दा संस्थाको ‘गुगल प्लस कोड’ सहितको अद्यावधिक ‘गुगल म्याप’ अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरेको हो ।

विभागले वैदेशिक रोजगार ऐन, २०६४ तथा नियमावली, २०६४ अनुसार इजाजत प्राप्त सबै संस्थालाई तोकिएको समयभित्र नवीकरण गर्न आग्रह गरेको छ । यो नियम म्यानपावर कम्पनी, तिनका शाखा कार्यालय, अभिमुखीकरण तथा सीपमूलक तालिम प्रदायक संस्था सबैमा लागु हुनेछ ।

यस विषयमा वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले कार्यालयको वास्तविक अवस्थिति (लोकेसन) पत्ता लगाउन सहज होस् भनेर गुगल प्लस कोड अनिवार्य गरिएको बताए ।

“म्यानपावर संस्थाहरूको कार्यालय सरिरहने तर त्यसको अभिलेख अद्यावधिक गर्न कठिन हुने समस्या थियो,” प्रवक्ता शिवाकोटीले टेकपानासँग भने, “अब अक्षांश र देशान्तरसहितको गुगल प्लस कोड अनिवार्य गरेपछि फाइलमा लिखित ठेगाना मात्र खोज्नुपर्ने बाध्यता हटेको छ । यसले संस्थाको वास्तविक लोकेसन प्राविधिक रूपमै हेर्न सकिने हुँदा विभागलाई अनुगमन गर्न र सर्वसाधारणलाई कार्यालय खोज्न पनि सहज हुन्छ ।”

सूचनाअनुसार नवीकरणका लागि निवेदन दिँदा आधारभूत कागजातका साथै संस्थाको गुगल म्याप र हाल कार्यरत सबै सञ्चालक तथा कर्मचारीको विवरणसमेत पेश गर्नुपर्नेछ । विभागले तोकिएको समयमा नवीकरण नगर्ने संस्थाहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

नवीकरण प्रक्रिया र आवश्यक कागजातबारे विस्तृत जानकारी विभागको आधिकारिक वेबसाइटबाट लिन सकिने पनि सूचनामा उल्लेख छ ।

कसरी थाहा पाउने आफ्नो लोकेसनको गुगल प्लस कोड ?

  • अनि बायाँपट्टि गुगल प्लस कोड देखिन्छ । त्यही कोड कपी गर्नुहोस् । र, विभागलाई बुझाउनुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ १४:३२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट