२०८२ जेष्ठ २७ सोमबार
LATEST NEWS
२०८२ जेष्ठ २७ सोमबार

एलन मस्क र ट्रम्पको झगडाले अमेरिकाको अन्तरिक्ष कार्यक्रममा चिन्ता, स्पेसएक्सको विकल्प खोज्दै सरकार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र स्पेसएक्स प्रमुख एलन मस्कबिचको सार्वजनिक विवादपछि नासा र पेन्टागनका अधिकारीहरुले स्पेसएक्सको भरपर्दो विकल्पको खोजी तीव्र पारेका छन् । मस्कले ट्रम्पको चेतावनीको जवाफमा स्पेसएक्सको ड्रागन अन्तरिक्षयान उडाउन रोक्ने धम्की दिएपछि अमेरिकी अन्तरिक्ष कार्यक्रममा निर्भरता र सुरक्षा चिन्ता थपिएको हो ।

मस्कले सो धम्की पछि फिर्ता लिएपनि नासाका अधिकारीहरू चनाखो बनेको वासिङ्टन पोस्टले लेखेको छ । उनीहरूले अन्तरिक्ष यात्रुहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) सम्म पुर्‍याउने जिम्मा लिएको स्पेसएक्सको ‘एकल-आश्रित’ स्थितिप्रति गम्भीर चासो व्यक्त गरेका छन् । 

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) पनि मस्कको अभिव्यक्तिप्रति सतर्क बनेको छ । स्पेसएक्सले गोप्य सैन्य स्याटलाइट प्रक्षेपणलगायत महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएको छ । तर मस्कको यस्तो व्यवहारले सरकारी निकायहरुलाई नयाँ विकल्प खोज्न बाध्य बनाएको सरकारी स्रोतहरुले जनाएका छन् । 

घटनापछि रकेट ल्याब, ब्लु ओरिजिन, स्टोक स्पेसजस्ता निजी कम्पनीहरूसँग अधिकारीहरुले सम्पर्क गरेका छन् । त्यस्तै, सिएरा स्पेसले विकास गरिरहेको ‘ड्रिम चेसर’ यानबारे पनि छलफल भएको छ । 

सिएरा स्पेसका प्रमुख कार्यकारी अधिकृत फतिह ओजमेनले नासालाई एउटै प्रदायकमा निर्भर हुनु हानिकारक हुन सक्ने भन्दै आफ्नो कम्पनी तयारी अवस्थामा रहेको जनाएका छन् । उता बोइङले तयार पारेको ‘स्टारलाइनर’ यानबारे पनि अमेरिकी कंग्रेसको चासो बढेको छ । 

यसैबिच, राष्ट्रिय सुरक्षा निकायले एकै प्रदायकमा अत्यधिक निर्भर हुनु खतरनाक हुने भन्दै वैकल्पिक समाधानको खोजीलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेका छन् । प्राविधिक विज्ञहरूले मस्कको एक्स (ट्वीटर)मार्फत सार्वजनिक धम्कीले अन्तरिक्ष सुरक्षा रणनीतिमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् । उनीहरूका अनुसार राष्ट्रको मिसाइल रक्षा प्रणाली तथा अन्तरिक्षमा सञ्चालन हुने प्रमुख कार्यक्रम एक व्यक्तिको आवेगमा निर्भर हुनु असुरक्षित हो । 

अहिलेसम्म पनि स्पेसएक्स प्रतिस्पर्धी कम्पनीहरूभन्दा धेरै अगाडि छ । तर पछिल्ला घटनाक्रमले सरकारी निकायलाई दीर्घकालीन दृष्टिले विविध प्रदायकहरूबीच सन्तुलन कायम गर्न र भविष्यको रणनीति पुनर्विचार गर्न बाध्य बनाएको विश्लेषण छ । ट्रम्प र मस्कबिच एकाएक देखापरेको असमझदारीले यस्तो परिदृश्य बनाएको हो ।

पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ ९:२८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट