काठमाडौँ । स्मार्टफोन ब्रान्ड भिभोले दराजसँगको सहकार्यमा ‘६.६ मेगा मिड–इयर सेल’ अफर सञ्चालन गरेको छ । अफर अन्तर्गत जुन ६ देखि १० सम्म दराजमार्फत भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकले विभिन्न अडियो डिभाइस निःशुल्क प्राप्त गर्ने भएका छन् ।

उक्त सेल अवधिमा भिभो स्मार्टफोन किन्ने उपभोक्ताले भिभो बड्स, एप्रो १० इयरबड्स, क्लिपबड्स जस्ता अडियो डिभाइस उपहारस्वरूप प्राप्त गर्नेछन् ।
यसबाहेक, कम्पनीले ‘भिभो वाई १९एस’ मा एक हजार रुपैयाँसम्मको छुट र ‘भिभो बड्स’ मा ३३ प्रतिशत छुट सहित तीन हजार,९९९ रुपैयाँमा उपलब्ध गराउने घोषणा गरेको छ ।
भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले दराजसँगको सहकार्यमा ग्राहकसम्म सहज पहुँच बढाउने उद्देश्य रहेको बताए । “हामी सबै वर्गका ग्राहकलाई सरल र भरपर्दो प्रविधिमा पहुँच दिन प्रतिबद्ध छौं,” उनले भने ।

कम्पनीले यो अभियानलाई अनलाइन बजारमा आफ्नो उपस्थितिलाई सुदृढ गर्ने रणनीतिक कदमका रूपमा प्रस्तुत गरेको छ ।
पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ ६:१
सामाग्री श्रोत :
टेक पाना