२०८२ जेष्ठ २६ आईतवार
LATEST NEWS
२०८२ जेष्ठ २६ आईतवार

कविता नेपालीको ‘हिउँ नदेखेको’ भनाइ विवादित बनेपछि ‘रुटिन अफ नेपाल बन्द’ले सुटुक्क हटायो पोस्ट

 

काठमाडौँ । सामाजिक सञ्जाल पेज ‘रुटिन अफ नेपाल बन्द’ (आरओएनबी) ले मोडल कविता नेपालीबारेको एक विवादित पोस्ट सुटुक्क हटाएको छ । शनिबार प्रकाशन उक्त पोस्ट सामाजिक सञ्जालमा आलोचित बनेपछि आरओएनबीबाट गायब भएको हो । 

आरओएनबीले प्रकाशन गरेको पोस्टमा मोडल कविताको भनाइ उद्धृत गर्दै लेखिएको थियो, “जीन्दगीमा हिउँ नदेख्या मान्छे म… हिमालको टपमा पुगेँ ! हिउँमा सुतियो । सबै कुरा नयाँ थियो र त्यो Experience लाई Enjoy गरेँ ।” तर, उक्त भनाइ उनको विगतसँग मेल नखाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका थिए ।

कविताले सगरमाथा क्षेत्रको भ्रमण गर्नुभन्दा वर्षौँअघि नै हिउँमा खेलेका तस्बिरहरू उनले आफ्नो इन्स्टाग्राममा राखेकी थिइन् । त्यसैलाई आधार मान्दै प्रमाणसहित प्रयोगकर्ताले औँल्याएपछि आरओएनबीको पोस्टको सत्यतामाथि प्रश्न उठेको थियो ।

व्यापक आलोचनापछि आरओएनबीले फेसबुकबाट उक्त पोस्ट हटाएको हो । फेसबुकसँगै थ्रेड्स, एक्स र इन्स्टाग्रामबाट समेत उक्त पोस्ट हटाइएको छ । 

पोस्ट हटाउनुअघि त्यसमा ३५ सयभन्दा बढी रियाक्सन आइसकेको गुगल इन्डेक्समा देखिन्छ । पोस्ट हटे पनि ‘मिम पोस्टिङ नेपाल’ लगायतका अन्य फेसबुक पेजले यसै विषयलाई लिएर ट्रोल र व्यङ्ग्यात्मक सामग्री बनाइरहेका छन् ।

यससँगै सूचना तथा प्रसारण विभागमा दर्ता भई सञ्चालनमा रहेको आरओएनबीले पत्रकार आचारसंहिताको समेत उल्लङ्घन गरेको आरोप लागेको छ । आचारसंहिता अनुसार अनलाइन सञ्चारमाध्यमले प्रकाशित सामग्री हटाउनु परेमा त्यसको कारण खुलाएर क्षमायाचना गर्नुपर्ने प्रावधान छ । तर, आरओएनबीले कुनै जानकारी नदिई पोस्ट हटाएको भन्दै उसको व्यावसायिकता र जवाफदेहीतामाथि प्रश्न उठाइएको हो ।

हेर्नुहोस्, पत्रकार आचार संहिता, २०७३ को व्यवस्था

पछिल्लो अध्यावधिक: जेठ २५, २०८२ १२:११





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट