काठमाडौँ । मधेस प्रदेश सरकारले सौर्य ऊर्जा प्रवर्धन गर्दै ऊर्जामा आत्मनिर्भर बन्ने लक्ष्यसहित विस्तृत गुरुयोजना तयार पार्ने भएको छ ।

शुक्रबार मधेस प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशभित्र रहेका नदीका बगरहरूलाई सदुपयोग गरी सौर्य ऊर्जा उत्पादन गर्ने कार्यक्रम घोषणा गरेकी हुन् ।
उनका अनुसार यसरी उत्पादित ऊर्जालाई राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । साथै सार्वजनिक तथा निजी साझेदारीको मोडेलमा सामुदायिक विद्यालयहरू र प्रादेशिक अस्पतालहरूमा सौर्य ऊर्जा जडान गरिने पनि उनले बताइन् ।
पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ २०:४४

सामाग्री श्रोत :
टेक पाना