२०८२ जेष्ठ २५ शनिबार
२०८२ जेष्ठ २५ शनिबार

‘जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्छ’

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

ललितपुरको च्यासलस्थित एमाले बागमती प्रदेश कमिटीको कार्यालयमा वागमती प्रदेशअन्तर्गतका विभागीय प्रमुख, सचिव, जनसंगठन इञ्चार्ज तथा प्रमुखको बैठकलाई आज सम्बोधन गर्दै उनले जनतालाई पार्टीमा जोड्न सकेमात्र पार्टी बन्ने बताए।

महासचिव पोखरेलले पार्टी र संगठनमा काम नगर्नेहरूले जिम्मेवारी लिनु नहुने बताए। उनले जसका लागि काम गर्ने हो त्यही समुदायमा नरहने व्यक्तिले जिम्मेवारी पूरा गर्न नसक्ने बताए। ‘हामी पार्टीका नेताहरूलाई पदीय जिम्मेवारी दिने अर्थमा मात्र जनसंगठन बनाइरहेका छौँ, काम गर्न समुदायमा पुग्ने हिसाबले संगठन निर्माण भएकै छैन, हाम्रा जनसंगठन पार्टीका नेताहरूलाई व्यवस्थापन गर्ने थलो भएका छन्’, उनले भने।

महासचिव पोखरेलले पार्टी र संगठन निर्माणका बारेमा गम्भीर भएर सोच्नेबेला आएको बताए। ‘पार्टीको राजनीतिले मात्र जनाधार विस्तार हुँदैन, त्यसलाई समुदायमा आधारित बताउनुपर्छ’, उनले भने।

पार्टीका बागमती प्रदेश इञ्चार्ज राजन भट्टराईले मिसन–२०८४ लाई लक्षित गरेर जनसंगठन पार्टी विस्तारमा लाग्नुपर्ने बताए। पार्टीका प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले बागमती प्रदेशमा संगठन विस्तार तीव्र गतिमा भइरहेको जानकारी दिए।


सामाग्री श्रोत :

‘जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्छ’

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट