दाङ- राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४ सय बेडको नयाँ भबनको लागि ९० करोड बढि बजेट परेको छ। आर्थिक वर्ष २०८२/८३ को लागि भवन निर्माणको लागि ७० करोड र गतवर्षको मौज्दात रकम गरेर ९० करोड बजेट बिनियोजन भएको हो।
प्रतिष्ठानमा मेसिनरी औजार अनुदान तर्फ १६ करोड ८४ लाख बजेट आएको छ।
प्रतिष्ठानको चालु खर्चको लागि २५ करोड ६६ लाख र पुजिगत सशर्त अनुदान तर्फ २ करोड ६२ लाख बजेट परेको छ। अस्पताल परियोजना प्रतिष्ठानको विकासमा कोशेढुङ्गा सावित हुने रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए !
सामाग्री श्रोत :
swasthyakhabar

