२०८२ जेष्ठ २४ शुक्रबार
२०८२ जेष्ठ २४ शुक्रबार

पाइलट विजय लामाको ‘सजिलो राइड’ ले राइडरलाई हरेक ट्रिपमा ५० रुपैयाँ थप बोनस दिने

काठमाडौँ । राइड शेयरिङ कम्पनी ‘सजिलो’ले आफ्ना राइडरलाई हरेक ट्रिपमा ५० रुपैयाँ थप बोनस दिने घोषणा गरेको छ । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात व्यवसायीले राइड शेयरिङको विरोधमा सोमबारदेखि सेवा ठप्प पारेको अवस्थामा कम्पनीले राइडरलाई प्रोत्साहन गर्न यो अफर ल्याएको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमिर लामाले सार्वजनिक यातायात बन्द रहँदासम्म यो अफर राइडरका लागि लागु हुने जानकारी दिए ।

“अन्य राइड शेयरिङ प्लेटफर्मले भाडा अत्यधिक बढाएको सुनिएको छ । तर हामीले नियमित भाडादर नै कायम राखेका छौं,” सीईओ लामाले टेकपानासँग भने, “यस्तो अवस्थामा राइडरलाई मर्का नपरोस् र सेवा प्रवाहमा निरन्तरता आओस् भनेर प्रति राइड ५० रुपैयाँ बोनसको व्यवस्था गरेका हौं ।”

पाइलट विजय लामा सहसंस्थापकको रूपमा जोडिएको सजिलो राइड शेयरिङले ‘स्पट बुकिङ’को सुविधा पनि उपलब्ध गराएको छ । यसअन्तर्गत राइडर आफैंले यात्रुका लागि राइड बुक गर्न सक्नेछन् ।

“अहिले अफलाइन राइडको समस्या बढ्दो छ। त्यसैलाई सम्बोधन गर्न र यात्रु अनि राइडर दुवैलाई सहज बनाउन हामीले स्पट बुकिङको सेवा ल्याएका छौं,” लामाले थपे । सन् २०२२ मा स्थापना भएको यो कम्पनीले हाल काठमाडौं उपत्यकामा सेवा सञ्चालन गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ १३:२०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट