काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२औं तहको अतिरिक्त सचिव पदमा अहिले दुई वटा पद रिक्त रहेको छ।
रिक्त रहेका पदका लागि तीन जनाको नाम सिफारिस भइसकेको छ। मन्त्रिपरिषदको बैठकले तीन जनामध्ये दुई जनालाई अतिरिक्त सचिवमा नियुक्त गर्ने छ।
आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ। आजको बैठकले स्वास्थ्यका दुई जना अतिरिक्त सचिव नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ।
रिक्त रहेका २ पदका लागि डा केशर बहादुर ढकाल, डा श्रीकृष्ण श्रेष्ठ र डा सुधा देवकोटाको नाम सिफारिस भएको छ।
अतिरिक्त सचिवका लागि २४ जनाले आवेदन दिएकामा १ जनाले आवेदन फिर्ता लिएपछि २३ जनामध्ये बढुवा समितिले तीन जनालाई सिफारिस गरेको हो।
समितिले चैत ६ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको थियो। १५ दिनको समय दिएर आवेदन माग भएको थियो।
सामाग्री श्रोत :
swasthyakhabar

