२०८३ असार ४ बिहीबार
LATEST NEWS
२०८३ असार ४ बिहीबार

वडाध्यक्ष शाहीमाथि चक्कु प्रहार

मुगु।  जुम्लाको तिला गाउँपालिका-५ का वडाध्यक्ष ललितबहादुर शाहीमाथि चक्कु प्रहार भएको छ।

सोही गाउँपालिका-४ नम्बर वडामा अनुगमनको क्रममा फर्केने बेला सामूहिक आक्रमण गरी चक्कु प्रहार गरिएको हो।

चक्कु प्रहारबाट घाइते भएका ४२ वर्षीय वडाध्यक्ष शाहीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी निरीक्षक असिम हमालले बताए। उनले भने, ‘पीडितले तीन जनाको नाम दिनु भएको छ।’

तीनजना मध्ये एक जनालाई जुम्ला बसपार्कबाट पक्राउ गरिएको हो। अन्य व्यक्तिलाई खोजी कार्य भइरहेको छ। घटनाका आरोपित २० देखि २५ वर्ष उमेर समुहका छन्। प्रहरीले घटना आरोपितको नाम भने सार्वजनिक गरेको छैन।

त्यस्तैगरी सोही गाउँपालिका-३ का वडाअध्यक्ष ३८ वर्षीय धन बहादुर शाहीमाथि पनि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष शाहीले भने, ‘म माथि ढुङगा मुक्का प्रहार भएको हो। तर मेरो टाउकोमा हेल्मेट भएकाले त्यति चोटपटक लागेन। ५ नम्बर वडाध्यक्षलाई हतियार (चक्कु) नै प्रहार भएकोले बढी चोट लागेको छ। अहिले हामी अस्पतालमै उपचारमा छौँ।’


सामाग्री श्रोत :

वडाध्यक्ष शाहीमाथि चक्कु प्रहार

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट