२०८२ जेष्ठ २२ बुधबार
२०८२ जेष्ठ २२ बुधबार

जिमेलमा आएका लामा ईमेल अब स्वत: छोटकरीमा देखिने

काठमाडौँ । अब जिमेलका सबै मेलहरूको सारांश जेमिनाईले स्वतः बनाइदिने भएको छ । अब देखि प्रयोगकर्ताले लामो इमेल थ्रेड वा धेरै पटक जवाफ आएको इमेलको मुख्य बुँदाहरू इमेलको माथिल्लो भागमै देख्न सक्ने गुगलले जनाएको छ ।

पहिले आफूलाई प्राप्त मेलहरूको सारांश निकाल्न “Summarize this email” भन्ने बटन थिच्नुपर्ने व्यवस्था थियो । सोही व्यवस्थालाई सरल बनाउँदै स्वतः सारांश तयार हुने सुविधा ल्याएको कम्पनीको भनाइ छ । यो फिचरले इमेल थ्रेडका सबै महत्वपूर्ण जानकारीहरू संक्षेपमा प्रस्तुत गर्नेछ र नयाँ जवाफहरू आएपछि सारांश स्वतः अपडेट हुनेछ ।

हाल यो सुविधा अंग्रेजी भाषाका इमेलहरूमा मात्र उपलब्ध छ । साथै यो सारांश सबै ईमेलमा भने देखिने छैन । जेमिनाईले आफ्नो विवेक प्रयोग गरेर कुन ईमेलको सारांश आवश्यक छ वा छैन भनेर छुट्याएर मात्र ईमेलको संक्षेपिकरण गर्नेछ । तर प्रयोगकर्ताले चाहेको खण्डमा पहिलेको जस्तै समराइज दिस ईमेल बटन क्लिक गरेर चाहेको ईमेलको सारांश निकाल्न सक्नेछन् । 

प्रारम्भिक चरणमा यो फिचर गुगल वर्कस्पेस, गुगल वन एआई प्रिमियम, जेमिनाई एजुकेसन वा जेमिनाई एजुकेसन प्रिमियमका प्रयोगकर्तालाई मात्र उपलब्ध हुने बताइएको छ । अन्य प्रयोगकर्ताले भने यो फिचरको लागि केही समय पर्खनु पर्नेछ ।  

पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ ९:५७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट