२०८३ असार ५ शुक्रबार
LATEST NEWS
२०८३ असार ५ शुक्रबार

नारायणहिटी क्षेत्र वरपर निषेधाज्ञा जारी

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आदेश जारी गर्दै जेठ १७ देखि असाढ २४ गतेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम उक्त क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भई आन्दोलन, धर्ना, जुलुस, प्रदर्शन वा सभा गर्न निषेध गरिएको जनाएका छन्।

निषेधित क्षेत्रमा केशरमहल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म र महेन्द्र सालिकदेखि नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेटसम्मका क्षेत्रहरू समावेश छन्।

जिल्ला प्रशासनले शान्ति सुरक्षा कायम राख्न यो कदम चालिएको जनाएको छ। आदेश उल्लंघन गरेमा कानुनी कारबाही हुने चेतावनी दिइएको छ।


सामाग्री श्रोत :

नारायणहिटी क्षेत्र वरपर निषेधाज्ञा जारी

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट