काठमाडौं । पेशाले डाक्टर एक युवतीले चिकित्सा अध्ययन पूरा गरेपछि राम्रो अस्पतालमा काम गरिरहेकी छिन्। तैपनि डाक्टरी पेशाबाट उनको कमाई त्यति छैन जति उनले कवाडी बेचेर आंशिक समयमा कमाउँछिन्। यी महिला डाक्टर चीनकी हुन् । उनी अस्पतालमा डाक्टरको रूपमा काम गर्छिन्। त्यहाँबाट आएपछि उनी कवाडी जम्मा गर्न थाल्छिन्।

उनका आमाबाबुले रिसाइक्लिंग स्टेशन चलाउँछन्। अस्पतालबाट फर्केपछि उनी यस रिसाइक्लिंग स्टेशनमा काम गर्छिन् । उनी कवाडी सङ्कलन गर्छिन् स्टेशनमा लग्छिन् र त्यसपछि त्यसलाई क्रमबद्ध गर्छिन्। उनको सहयोगको बदलामा उनका आमाबाबुले उनलाई पकेट मनीको रूपमा केही पैसा दिन्छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार महिला डाक्टरले भनिन् ‘मेरा आमाबाबुले मलाई कवाडीको कामको बदलामा दिने रकम मेरो अस्पतालको डाक्टरको मासिक तलबभन्दा धेरै बढी छ। अस्पतालबाट मेरो मासिक तलब केवल ४ हजार युआन (७५ हजार रुपैयाँ) छ। जबकि मेरा आमाबाबुले मलाई योभन्दा बढी दिनुहुन्छ ।
२६ वर्षीय डाक्टरको नाम जिओङ हो। उनी दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको चेङ्दुमा रहेको एउटा सानो निजी अस्पतालमा फुल टाइम काम गर्छिन्। उनले चिनियाँ सामाजिक सञ्जालमा रिसाइक्लिंग स्टेशनमा काम गर्दाको आफ्नो दैनिक दिनचर्याको भिडियो साझा गरेको सियाओसियाङ मर्निङ हेराल्डले रिपोर्ट गरेको छ। यसमा उनले अस्पतालबाट पाउने तलब र कवाडीको कामबाट प्राप्त हुने आम्दानीको तुलना पनि गरेकी छन् । अहिले यसको बारेमा धेरै चर्चा भइरहेको छ।

अस्पतालमा सियोङको काम बिहान ८ बजे सुरु हुन्छ र साँझ ५:३० बजे समाप्त हुन्छ। कामबाट बिदा भएपछि उनी सिधै नजिकैको कवाडी रिसाइक्लिङ्ग स्टेशनमा जान्छिन्। यो स्टेशन वास्तवमा उनका आमाबाबुले चलाउँछन्। सियोङले यहाँ सामानहरू क्रमबद्ध गर्न, बोक्न, ढुवानी गर्न र बेच्न मद्दत गर्छिन् । उनी सामान्यतया राति ९ बजे आफ्नो काम सिध्याउँछिन् र घर फर्कन्छिन्।
सियोङको सहयोगको अतिरिक्त उनका आमाबाबुले मेसिनहरूमा काम गर्न र ट्रक चलाउन दुई जना कामदारहरूलाई पनि काममा राखेका छन्। सियोङले अस्पतालमा महिनाको ४ हजार युआन कमाउँछिन् जबकि उनका आमाबाबुले उनलाई औपचारिक तलब दिँदैनन् तर पकेट मनी दिन्छन्, जुन उनको अस्पतालको तलबभन्दा धेरै बढी हुन्छ । सियोङका अनुसार उनी बाल्यकालदेखि नै आफ्ना आमाबाबुलाई सहयोग गर्दै आएकीले रिसाइक्लिङ स्टेशनमा कडा परिश्रम गर्न अभ्यस्त भइसकेकी छिन्।
सामाग्री श्रोत :