समिम मियाँ
११ नोभेम्बर २०२२/ लिमासोल
नेपाली सांगीतिक क्षेत्रमा चर्चित गायक प्रमोद खरेल र बादल थापाले साइप्रस तताउने भएका छन्। लिमासोलको ट्रिकिस प्यालेसमा आगामी आइतबार आयोजना हुने सांगीतिक कार्यक्रममा गायकद्वय सहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने बताइएको छ।
कोष ओभरसिज प्रा. लि. र एस एम इभेन्ट इन्टरटेनमेन्ट एण्ड ट्राभल सोलुशन मुख्य आयोजनामा हुन लागेको “कल्चरल म्युजिक प्रोग्राम इन साइप्रस ” कार्यक्रमको सम्पूर्ण तयारी पुरा भै सकेको छ।
प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति तथा नेपाली गीत संगीतको संरक्षण प्रबर्धन र उत्थान गर्ने उद्देश्य अनुरुप कार्यक्रम आयोजना गरिएको हो।
नेपालका चर्चित गायक प्रमोद खरेल संग साइप्रसमा रहेका नेपाली कलाकारहरुले समेत उक्त दिन सांगितिक प्रस्तुती दिने छन् ।
चर्चित रियालिटी सो “भ्वाइस अफ नेपाल ” का जज समेत रहेका गायक खरेलले सुगम गित देखि लिएर चलचित्र हुदै लोकगित सम्मका गित गाइ सकेका छन् । भुपु माया, यो कुरा गोप्य , भाग्यमा खोट छ, म बाचेकै, चोट दिनेलाई, धोकेबाज, बिजुलिको तार, मेरो दिल छ पोखरामा लगाएतका थुप्रै गितहरु चर्चित पनि भैसकेका छन्। एक भिडियो संदेश जारी गर्दै साइप्रस आउँन एकदमै “एक्साइटेड” रहेको गायक खरेलले बताएका छन्।
कार्यक्रमलाई साइप्रस स्थापित विभिन्न संघ संस्था मध्य चितवन सेवा समाज साइप्रस, सुदूरपश्चिमेलि नेपाली समाज साइप्रस, तमु समाज साइप्रस, नेपाली जनप्रगतिशील मञ्च साइप्रस र जागौं नेपाल प्रवास साइप्रसले सहयोग गर्दै छन् भने मिडिया पार्टनरमा साइप्रस-नेपाल डट कम, प्रवास बुलेटिन, डिजी गुर्खाज र नेपाल पत्रकार महासंघ, युरोप शाखा रहेका छन्।
कार्यक्रमलाई विभिन्न म्यानपावर संस्थाले प्रायोजन गरेका छन्। कालिञ्चोक एच.आर. प्रा.लि ., कर्म इन्टरनेशल इम्प्लोयमेन्ट सर्भिस, सुन्दर नेपाल ओभरसिज प्रा.लि, मिराकल म्यानपावर प्रा.लि, र ओम श्री महाशक्ति इम्प्लोयमेन्ट प्रा.लि. ले प्लाटिनियम स्पोसर गरेका छन्।
साथै एफएम ग्रुप ओभरसिज प्रा.लि, जापुरा ओभरसिज प्रा.लि, गौतम इन्टरनेशनल म्यानपावर सर्भिस प्रा.लि, शल्मा एच.आर. ओभरसिज प्रा.लि, एप्स ग्रुप प्रा.लि ले गोल्ड स्पोन्सर गरेका छन्। गोल्डेन गेटवे इन्टरनेशनल प्रा.लि, डाइमण्ड स्टार ओभरसिज प्रा.लि, र बलाहा ओभरसिज प्रा.लि ले सिल्भर स्पोन्सरसिप गरेका छन्।
गत महिना प्राविधिक कारणले अन्तिम समयमा स्थगित भएको कार्यक्रमलाई आयोजकले नोभेम्बर १३ तारिखमा सार्नु परेको थियो।
कार्यक्रम स्थल सम्म को लागि आयोजक ले साइप्रसक सबै सहर बाट यातायात को व्यवस्था गरेको छ। टिकट दर २० युरो तोकिएको छ।
बस लाग्ने समय, स्थान र सम्पर्क फोन नम्बर