२०८२ जेष्ठ ११ शनिबार
२०८२ जेष्ठ ११ शनिबार

आफ्नै चिपसहित साओमी १५ एस प्रो सार्वजनिक, आईफोनलाई टक्कर दिने दाबी

काठमाडौँ । चिनियाँ स्मार्टफोन निर्माता साओमीले नयाँ स्मार्टफोन ‘१५ एस प्रो’ सार्वजनिक गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा कम्पनीले साओमीले चिनियाँ बजारका लागि यो स्मार्टफोन सार्वजनिक गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेई जुनले नयाँ फोनमा ‘एक्सरिङ ओ–वन’ नामक चिप प्रयोग गरिएको जानकारी दिएका छन् । उनले यो चिप एप्पलको ‘ए १८ प्रो’ चिपभन्दा प्राविधिक रूपमा शक्तिशाली भएको दाबी गरे । विशेषगरी गेम खेल्दा कम तापमानमा काम गर्ने क्षमताका आधारमा साओमीको चिप अगाडि रहेको उनको भनाइ छ ।

साओमीको ‘१५ एस प्रो’ को सुरुवाती मूल्य ५,४९९ युआन (करिब एक लाख पाँच हजार रुपैयाँ) तोकिएको छ । यो मूल्य एप्पलको पछिल्लो मोडलभन्दा निकै सस्तो हो । चीनमा ‘आईफोन १६ प्रो’ को सुरुवाती मूल्य ७,९९९ युआन (करिब एक लाख ५३ हजार रुपैयाँ) र ‘आईफोन १६ प्रो म्याक्स’ को मूल्य ९,९९९ युआन (एक लाख ९१ हजार रुपैयाँ) देखि सुरु हुन्छ ।

चिनियाँ सरकारले उपभोक्तालाई प्रदान गरिने अनुदानका लागि स्मार्टफोनको मूल्य ६,००० युआनभन्दा कम हुनुपर्ने नीति बनाएको छ । सोही अनुसार साओमीले ६,००० युआनभन्दा कम मूल्यमा नयाँ फोन ल्याएको देखिन्छ ।

सीईओ लेई जुनले एप्पल अझै अग्रस्थानमा रहेको स्वीकार गरे पनि ‘एक्सरिङ ओ–वन’ चिपको प्रदर्शन उच्च स्तरीय रहेको उल्लेख गरे । उनले यो प्रयास एप्पललाई दबाब दिन नभई, साओमीले तुलनात्मक रूपमा शक्तिशाली प्रोसेसर विकास गर्न सक्ने क्षमताको सङ्केतका रूपमा बुझिनुपर्ने बताए ।

जुनले सन् २०२६ देखि पाँच वर्षभित्र अनुसन्धान तथा विकासमा २०० अर्ब युआन लगानी गर्ने घोषणा पनि गरे । साथै कम्पनीले आफ्नै चिप विकासका लागि आगामी १० वर्षमा कम्तीमा ५० अर्ब युआन लगानी गर्ने योजना बनाएको छ । सीईओ जुनले सामाजिक सञ्जालमार्फत ‘एक्सरिङ ओ–वन’ चिपको विकासमा १३.५ अर्ब युआन खर्च भएको जानकारी पनि दिएका छन् ।

काउन्टरपोइन्ट रिसर्चका अनुसार हाल साओमीका करिब ४० प्रतिशत फोनमा क्वालकम वा मिडियाटेकका चिप प्रयोग गरिन्छ । साओमीले सन् २०१४ मा चिप विकास सुरु गरी २०१७ मा एउटा चिप सार्वजनिक गरे पनि त्यसपछि अनुसन्धान अस्थायी रूपमा स्थगित गरिएको थियो ।

यद्यपि जुनले ‘१५ एस प्रो’ मा कुनै प्रमुख एआई सुविधा उल्लेख नगरे पनि उनले यसलाई कार लक तथा अनलक गर्न प्रयोग गर्न सकिने फिचरको डेमो देखाएका थिए ।

स्मार्टफोनबाहेक साओमीले विद्युतीय सवारी बजारमा पनि सक्रियता बढाउँदै आएको छ । गत वर्ष कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘एसयू ७’ सेडान सार्वजनिक गरेको थियो, जसको मूल्य टेस्लाको मोडल थ्रीभन्दा करिब ४,००० डलर सस्तो थियो । अब कम्पनीले आफ्नो पहिलो एसयूभी ‘वाइयू ७’ आगामी जुलाईमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । उक्त मोडेलमा क्वालकम स्न्यापड्रागन र एनभिडिया चिप प्रयोग गरिनेछ ।

पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ ८:५४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट