२०८२ जेष्ठ ११ शनिबार
२०८२ जेष्ठ ११ शनिबार

समयमै उपचार गरे पूर्ण लाभ मिल्छ, वैकल्पिक उपचार पद्धतिबाट

गतवर्ष बुटवल बस्ने व्यवसायी उत्सव कार्की उमेर ४१, केही समयदेखि ढाड नचल्ने, दुवै खुट्टा नचल्ने र दिशा पिसाव पनि चुहिने समस्या लिएर हामीकहाँ आइपुग्नुभयो । उहाँको मेरुदण्डमा चोट लागेको थियो ।  हामीले उहाँको समस्यालाई वैकल्पिक उपचार पद्धतिबाट  समाधान गर्यौं। उहाँले समस्याबाट पूर्ण रुपमा छुट्कारा पाउनुभयो । हाल सामान्य जीवन बिताइरहनु भएको छ । 

नेपालगंजबाट मिना तामाङ आधी अनुहारमा प्यारालाइसिस भएर आउनुभयो । उहाँको मुख बाङ्गिएको र एउटा आँखा बन्द नहुने अवस्थामा थियो । केही दिनपछि उहाँ पनि पूर्ण रुपमा निको हुनुभयो।

पाँच वर्षिय कृषव सिंह जन्मजातै हिंडडुल गर्न सक्दैनथे, उनी कान कम सुन्थे । बोल्न पनि सक्दैनथे । बालकलाई हामीले विभिन्न प्रकारको थेरापिको माध्यमबाट उपचार ग¥यौं । अहिले उनि दैनिक विद्यालय जान सक्ने भएका छन्। 

उत्सव, मिना र कृषव त प्रतिनिधि पात्र मात्र हुन् । गत वर्ष मात्रै हामीले ५ हजारको हाराहारीमा हाड जोर्नी, नशा, स्नायु तथा बाथसँग सम्बन्धित बिरामीहरुको उपचार गरेका थियौं । यी मध्ये ८० प्रतिशत बिरामीहरुले पूर्ण रुपमा लाभ लिएर फर्कि सक्नु भएको छ । बाँकीको अवस्था पनि सुधारोन्मुख छ।


अहिले नेपालमा हाड जोर्नी तथा नशामा समस्या भएका अधिकांश बिरामीहरुमा जोर्नीको दुखाइ, कम्मर दुख्ने, उभ्भिन नसक्ने, हात खुट्टा बाँङ्गो भएको, झमझम गर्ने, गर्दन दुख्ने जस्ता समस्याबाट पिडित छन्। 


कतिपय अवस्थामा बिरामीहरु के र कसो गर्ने भनेर अन्यौल अवस्थामा भएको पनि पाइन्छ । दुखाइको समस्या भएका कतिपय बिरामीहरु घरमा दुखाइ कम गर्ने औषधि मात्र खाएर बस्ने गरेको पनि पाइएको छ । दुखाइलाई घरमै बसेर आफुखुशी औषधि खानुभन्दा नजिकैको वैकल्पिक उपचार पद्धति केन्द्रमा गएर समयमै उपचार गर्नपर्छ । जति छिटो उपचार गर‍्‍यो, त्यति छिटै समस्या निको हुन्छ । 


यस उपचार पद्धतिमा बिरामीको अवस्था हेरेर ड्राइ निडलिङ, कायरो प्राक्टिक, म्यानुअल थेरापि, मसाज थेरापी, निष्क्रिय नशालाई सक्रिय बनाउने, लुलो हातको उपचार, मर्किएको, दुर्घटनामा परि चोट लागेको, मांशपेशी जाम भएकोलाई विभिन्न कोणबाट उपचार, स्क्रिनबाट हात खुट्टाको चालको अवस्था पत्ता लगाउने, स्नायुहरुलाई पुर्नस्थापना गर्ने, संतुलित व्यायाम, बस्ने उठ्ने तरिका, सिंढी चढ्ने तरिका, कोमाका बिरामीलाई व्युताउँने तरिका, डिप टिस्यु मसाज, रिंगटा लागेको, बाङ्गिएको मेरुदण्डलाई सिधा बनाउने उपचार लगायतका विभिन्न उपचार पद्धतिबाट बिरामीलाई उपचार गरिन्छ ।  
प्राचिन समयदेखि चल्दै आएको वैकल्पिक पद्धतिमा कुनै प्रकारको साइड इफेक्ट हुँदैन। त्यही भएर यो सुरक्षित पनि छ ।

लामो समयदेखि आधुनिक चिकित्साबाट निको नभएका बिरामीहरु थाकेर अन्तिममा वैकल्पिक उपचार पद्धतिमा आउने गरेका छन् । यी मध्ये कतिपय बिरामीहरु त पूर्ण  रुपमा निको भएर जानेको संख्या पनि धेरै छ । हिंड्न, बोल्न नसक्ने, जटिल दिर्घ रोगीलाई निको हुन केही समय लाग्छ । यस उपचार पद्धति प्राचिन भएपनि पक्षघात, अपाङ्गता, दुर्घटना, अशक्त भएका बिरामीका लागि वरदान नै हो । 

(डा कापरी फिजियोथेरापिष्ट तथा कायरो प्राक्टिसनर हुन्)

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट