२०८२ जेष्ठ १० शुक्रबार
२०८२ जेष्ठ १० शुक्रबार

फोन अफ वा व्यस्त हुँदा पनि सम्पर्कमा रहन यसरी प्रयोग गर्नुहोस् टेलिकमको कल फर्वार्डिङ सेवा

काठमाडौँ ।​ मोबाइल प्रयोगकर्ताले आफ्नो फोन अफ हुँदा, व्यस्त अवस्थामा वा नेटवर्क क्षेत्रभन्दा बाहिर हुँदा पनि महत्वपूर्ण कलहरू नछुटुन् भन्ने उद्देश्यले ‘कल फर्वार्डिङ’ सेवा उपयोग गर्न सक्छन् । यो सेवाको माध्यमबाट प्रयोगकर्ताले आफू उपलब्ध नहुँदा आउने कलहरू अर्को वैकल्पिक नम्बरमा आउने बनाउन सक्छन् । 

कल फर्वार्डिङ सेवा मोबाइलको ‘कल सेटिङ्स’ मा गएर सजिलै सक्रिय (Activate) वा निष्क्रिय (Deactivate) गर्न सकिन्छ । यसै सन्दर्भमा नेपाल टेलिकमले कल फर्वार्डिङ सेवा सक्रिय/निष्क्रिय गर्न शर्ट कोडहरू उपलब्ध गराएको छ । ​

शर्ट कोडहरू:

  • सबै कल फर्वार्ड गर्न: **21*फोन नम्बर# | निष्क्रिय गर्न: ##21# 

  • फोन व्यस्त हुँदा फर्वार्ड गर्न: **67*फोन नम्बर# | निष्क्रिय गर्न: ##67#

  • फोन नउठाउँदा फर्वार्ड गर्न: **61*फोन नम्बर# | निष्क्रिय गर्न: ##61#

  • नेटवर्क बाहिर हुँदा फर्वार्ड गर्न: **62*फोन नम्बर# | निष्क्रिय गर्न: ##62#

यो सेवा व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोगकर्ताहरूका लागि उपयोगी हुने कम्पनीको भनाइ छ । यद्यपि, कलहरू नेपाल टेलिकमको नेटवर्क (पीएसटीएन/जीएसएम) भित्र मात्र फर्वार्ड गर्न सकिने व्यवस्था गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ९, २०८२ ८:४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट