२०८२ जेष्ठ १० शुक्रबार
२०८२ जेष्ठ १० शुक्रबार

गोप्य भिडिओ सार्वजनिक हुने डरले युवतीले गरिन् आत्महत्या, ५५ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमार्फत गोप्य भिडिओ सार्वजनिक गर्ने धम्कीपछि एक महिलाले आत्महत्या गरेकी छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-२ घर भई हाल भक्तपुर बस्दै आएकी २५ वर्षीया अञ्जना रिजालले विष सेवन गरेर ज्यान लिएकी हुन् ।

अञ्जनाका दाइ पदम विकका अनुसार अञ्जनाले भक्तपुरको जगातीमा केही वर्षदेखि ५५ वर्षीय किरण कुमार अवालसँग मिलेर पोल्ट्री फार्म सञ्चालन गर्दै आएकी थिइन् । अविवाहित अञ्जना र विवाहित किरणबिच निकट सम्बन्ध रहेको बताइएको छ । किरणले पटक-पटक विवाहको प्रस्ताव राखे पनि अञ्जनाले अस्वीकार गर्दै आएकी थिइन् ।

विवाह गर्न नमानेपछि किरणले अञ्जनाका गोप्य तस्बिर/भिडिओ सार्वजनिक गरिदिने धम्की दिएको पदमले दाबी गरेका छन् । “अञ्जना र किरणको कोठा नजिकै बस्ने एक भाइले पनि किरणले गोप्य भिडिओ लिक गरिदिने भन्दै बारम्बार ब्ल्याकमेल गर्ने गरेको सुनाएका छन् । यही विषयलाई लिएर उनीहरूबिच झगडा भइरहने रहेछ । किरणको मोबाइलमा पनि बहिनीका फोटो/भिडिओ भेटिएको छ,” पदमले टेकपानासँग भने ।

किरणकी श्रीमतीले उनीहरूको सम्बन्धबारे थाहा पाएपछि आफ्नो माइती पक्ष लिएर जगाती प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि गत जेठ ४ गते अञ्जनालाई प्रहरी कार्यालयमा हाजिर हुन बोलाइएको थियो । पदमका अनुसार थानामा किरणका ससुराली पक्षका केही व्यक्तिले अञ्जनामाथि कुटपिटसमेत गरेका थिए । त्यही दिन प्रहरी कार्यालयबाट फर्किएपछि अञ्जनाले कुखुरालाई खुवाउने क्याप्सुल‍ सेवन गरिन् । 

त्यसै दिन थानाबाट फर्किएपछि अञ्जनाले घरमै कुखुरालाई खुवाउने क्याप्सुल सेवन गरिन् । अवस्था गम्भीर भएपछि उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरे ।

घटना भएको दिन नै ठिमी प्रहरीले किरण अवाललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । सोधपुछका क्रममा किरणको मोबाइलबाट अञ्जनाका गोप्य तस्बिर तथा भिडिओ फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार यस विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८२ १८:४९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट