२०८२ जेष्ठ १० शुक्रबार
२०८२ जेष्ठ १० शुक्रबार

सगरमाथा आरोही छत्यालको बढुवा, दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ–सगरमाथा संवादको सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फिर्ता भएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई एक तह बढुवा गरिएको छ। 

सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेबापत सशस्त्र प्रहरी बल नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा पदोन्नति गरेको हो।

Ncell 2
Ncell 2

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बिहीबार सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका छत्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै सगरमाथा सफल आरोहणको बधाई समेत दिए। महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूले सगरमाथा आरोहण गर्न सक्छु भन्ने भावना लिई साहसिक कार्य गर्दा सबैमा हौसला मिल्ने चर्चा गर्दै सगरमाथा आरोहण गर्ने व्यक्तिको मात्र नभई देश र संगठनको नाम समेत उच्च रहने बताए।

उनले सगरमाथा लगायतका हिमालहरू आरोहण गर्ने आट, साहस र हौसला सबैमा प्रदान होस् भन्ने विश्वास प्रकट गर्नुहुँदै आगामी वर्षदेखि सशस्त्र प्रहरी बल नेपालका सबै प्रदेश कार्यालयहरूमा हिमाल आरोहण गर्ने अभियान नै सुरु गर्ने बताए।

यही जेठ ४ गते  बिहान ९ः२० बजे उनले सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए। सशस्त्र प्रहरी नायव निरीक्षक छत्याल सगरमाथा आरोहण लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट