काठमाडौं –टोटनहमले युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै टोटनहमले युरोपा लिग जितेको हो । टोटनहम १७ वर्षपछि युरोपा लिग च्याम्पियन बनेको हो । सन् १९८४ पश्चात पहिलोपटक टोटनहमले यो उपाधि जितेको हो ।

टोलीलाई उपाधि दिलाउन ४२ औं मिनेटमा ब्रेनन जोन्सनले गरेको गोल नै निर्णायक बन्यो । दोस्रो हाफको मध्यतिर रास्मुस होइलुन्डको हेडर गोल लाइनबाट मिकी भ्यान डे भेने शानदार क्लियर गरेपछि युनाइटेड बराबरीको नजिक पुगेको थियो । खेलको अन्त्यतिर लुक शको हेडरलाई भिकारीयोले उत्कृष्ट बचाउ गरेपछि टोटनहमले जित निश्चित गर्यो । जितसँगै टोटनहमले आगामी सिजनको च्याम्पियन्स लिगमा समेत स्थान पक्का गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
