२०८२ जेष्ठ २५ शनिबार
२०८२ जेष्ठ २५ शनिबार

ग्यास्ट्रोलोजिस्ट डा शर्मा र डा कार्कीले अल्फा केयरबाट पनि सेवा दिने

काठमाडौं- ग्यास्ट्रोलोजिस्ट तथा हेपाटोलोजिस्ट डा युवराज शर्मा र ग्यास्ट्रोलोजिस्ट डा सन्जित कार्कीले बानेश्वरस्थित अल्फाहाउसमा रहेको अल्फा केयरबाट पनि सेवा दिने भएका छन्। 

बुधबार डा शर्मा र डा कार्कीलाई अल्फा केयरका अध्यक्ष द्विराज शर्मा र निर्देशक डा आवास कोइरालाले स्वागत गरेका हुन्। 

चिकित्सद्वयले पाटन अस्पतालबाट पूर्णकालीन सेवा दिँदै आएका छन्। आफ्ना बिरामीहरु बानेश्वर क्षेत्रमा समेत रहेकाले उनीहरुको मागअनुसार आफू अल्फा केयरबाट सेवा दिन राजी भएको डा शर्माले बताए। 

कोभिडदेखि अल्फा केयर फैलिँदै गएको हो। सुरुमा कोभिड १९ का लागि सेवा दिँदै ल्याब सेवाबाट ओपीडी सेवा दिन थालेको अस्पतालका निर्देशक डा कोइरालाले बताए। प्याथोलोजिस्ट समेत रहेका निर्देशक डा कोइरालाले भने,  ‘सम्पूर्ण ल्याब सेवाका साथै हामीले क्लिनिकल सेवा पनि दिइरहेका छौं।’

काठमाडौं महानगरपालिकाको वडा नं १० स्थिति समुदायलाई केन्द्रमा राखेर क्लिनिक सेवा दिइरहेको उनले बताए। इन्डोक्राइनोलोजी, ह्र्युम्याटोलोजी, पल्मोनोजी, इन्टरनल मेडिसिन, कार्डियोलोजी, अब्स एन्ड गाइनोक्लोजी र रेडियोलोजी सेवा दिइरहेको उनले बताए। आफ्नै फार्मेसी पनि रहेको छ। औषधि र खोप समेत उपलब्ध गराइरहेको उनले बताएका छन्। 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट