२०८२ जेष्ठ १० शुक्रबार
२०८२ जेष्ठ १० शुक्रबार

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन समितिमा आफ्नो प्रतिनिधि राख्न अफिनको अनुरोध

काठमाडौं- स्वास्थ्य सञ्चालन मापदण्ड २०७७ र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई परिमार्जन गर्नका मन्त्री  प्रदीप पौडेलले केही दिनअघि समिति गठन गरेका थिए। उक्त समितिमा आफ्नो सहभागिता हुनुपर्ने पत्र अफिनले मन्त्री पौडेललाई दिएको हो।

अफिनका अध्यक्ष डा पदमबहादुरख हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ,  ‘जुनैपनि बेला सरकारी स्वार्थ, सरकारी स्वास्थ्य संस्थाका प्रतिनिधीहरुले मात्र आजको भौगोलिक, वैज्ञानिक, सामाजिक सबै विषय र नागरिकको चाहाना आदि बुझ्न कठिन नै हुन्छ् । तसर्थ विगत जस्तै यस्तै मनसाय राखी काम गर्ने हो भने झन् पछिसम्म समस्या पर्ने हुँदा निजी, सरकारी सबै मिली राम्रो निर्देशिका बनाई विवाद सधैंका लागि अन्त्य गर्न आग्रह गर्दै ८१ प्रतिशत उपचारमा संलग्न निजी स्वास्थ्य संस्थाको कमाण्डर अफिनलाई पनि प्रतिनिधित्व गराइयोस् भनी यो निवेदन पेश गर्दछौं।’

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका एघारौं तहका सहसचिव डा अनुप बास्तोला, वीर अस्पतालका प्रमुख नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुईतुई, स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. समीरकुमार अधिकारी, कानून उपसचिव गोपीकृष्ण रेग्मीलगायत छन्।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट