२०८२ जेष्ठ ५ आईतवार
LATEST NEWS
२०८२ जेष्ठ ५ आईतवार

हिमालका विषय उजागर गर्न सफल भएका छौँ : परराष्ट्र सचिव राई

काठमाडौँ–परराष्ट्र सचिव अमृतबहादुर राईले नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमार्फत हिमालका विषय उजागर गर्न सफल भएको बताएका छन्।

संवादको समापनपछि आज आयोजित पत्रकार सम्मेलनमा उनले संवादबाट नेपालले विश्वमा आफ्नो छवि थप उचाइ पुर्‍याउन, जलवायु चुनौती र भइरहेका विषयलाई थप उजागर गर्ने सन्दर्भमा सफलता प्राप्त भएको बताएका हुन्।

 उनले भने, “संवादमा हिमालका विषय उजागर गरिएका छन्, यी हिमाली क्षेत्रको मात्र नभई टापुसम्मको चासोका विषय हुन्।”

Ncell 2
Ncell 2

जलवायुका विषयमा क्षेत्रीय र विश्वव्यापी रूपमा साझेदारीका साथ अघि बढ्ने विषयमा संवादमा छलफल भएको बताउँदै सचिव राईले अतिकम विकसित र विकासोन्मुख मुलुकलाई विकसित राष्ट्रले गर्नुपर्ने सहयोग र सहकार्यका सम्बन्धमा बृहत र उपलब्धिमूलक छलफल भएको उल्लेख गरे।

त्यस्ता मुलुकले पेरिस सम्झौता र आफ्ना राष्ट्रिय निर्धारित योगदानका लक्ष्य कार्यान्वयन गर्न नसक्ने सम्बन्धमा विश्वको ध्यानाकर्षण गराउन संवाद सफल भएको उनको भनाइ छ। उनले जलवायुका समस्या समाधानमा विश्वव्यापी साझदारीका साथ सहभागी सबैले  प्रतिबद्धता व्यक्त गर्नुभएको उल्लेख गरे।

shivam cement
shivam cement

यही जेठ २ गतेदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रम आज सम्पन्न भएको हो। आजसम्म भएका संवादमा उद्घाटन समारोहदेखि १२ वटा समानान्तर सत्रहरू, अतिरिक्त सत्रहरू तथा विश्वव्यापी एवं क्षेत्रीय साझेदारीसम्बन्धी गोलमेच बैठक सम्पन्न भएका छन्।

सचिव राईले संवादका सन्देश र निष्कर्ष यही महिनाको अन्त्यमा ताजिकिस्तानमा हुने हिमनदी संरक्षण सम्मेलनमा, जुलाइमा हुने संयुक्त राष्ट्रसङ्घीय उच्चस्तरीय राजनीतिक मञ्चमा, सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभामा र ब्राजिलमा हुने कोप–३० लगायत क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चमा लैजाने बताए। संवादका क्रममा व्यक्त भएका विचार, सुझाव तथा गहन दृष्टिकोणलाई समेटेर ‘सगरमाथा कार्य आह्वान’जारी गरिएको उनले जानकारी दिएका छन्। 

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट