२०८२ जेष्ठ ४ शनिबार
२०८२ जेष्ठ ४ शनिबार

संघीय निजामती विधेयक समितिबाट पारित, ‘कुलिङ पिरियड’ दुई वर्ष कायम

काठमाडौं। राज्यव्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सम्बन्धी विधेयक पारित भएको छ।

शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको समितिको बैठकबाट विधेयक पारित गरिएको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए।
साथै उनले विधेयकमा विवादित ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरिएको पनि जानकारी दिए।

उनले भने, ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिले तयार पारेको अन्तिम मस्यौदा प्रतिवेदन परिमार्जनसहित सर्वसहमत पारित भएको छ। यसमा सहयोग पुर्याउने सरकार र माननीयज्यूहरुलाई विशेष धन्यवाद दिन चाहन्छु।’

त्यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकले कर्मचारीको कुलिङ पिरियड दुई वर्ष राख्न सहमति जनाए। सहमतिसँगै समितिले यस प्रस्तावलाई अगाडि बढाउने निर्णय गरेको हो।

मन्त्री लेखकले भने,‘कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को नियुक्ति नलिने भन्ने व्यवस्था हो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयकमाथि छलफल जारी छ। जहाँ गृहमन्त्री लेखकले भनेका छन्। ‘कुलिङ पिरियड दुई वर्ष राखेर जाऔं।’

बैठकमा सांसदहरुले सरकारले दुई वर्ष कुलिङ पिरियड राख्ने प्रस्ताव स्वीकार गरेकोमा धन्यवाद व्यक्त समेत गरे।


सामाग्री श्रोत :

संघीय निजामती विधेयक समितिबाट पारित, ‘कुलिङ पिरियड’ दुई वर्ष कायम

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट