२०८२ जेष्ठ १ बुधबार
२०८२ जेष्ठ १ बुधबार

देश दुर्घटनाको छेउमा पुगेको छ : वामदेव गौतम

काठमाडौँ–राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरू नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरू मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले दस वर्षअघि निर्माण र लागू भएको संविधानले देशलाई समाजवादमा लैजाने भने पनि दलहरूले केही पनि गर्न नसकेको बताए।

Ncell 2
Ncell 2

उनले दलहरूले समयमै सचेत भएर जनगुनासो सम्बोधन गर्न नसके अर्को व्यवस्था आउन सक्ने भएकाले सचेत हुनुपर्ने बताएका छन्। देश ठूलो दुर्घटनाको छेउमा पुगिसकेको र परिवर्तनको सिद्धान्तअनुसार कसैले रोक्न नसक्ने दाबी गरे ।

उनले भने, ‘नीति तथा कार्यक्रम तथा सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भाग लिइरहेको बेलामा मलाई ज्यादै नराम्रो लागेको छ। नेपाली जनताको निम्ति, नेपाल राष्ट्रका निम्ति हामी सबै दुर्घटनाको छेउमा छौँ भन्ने महसुस भएको छ। कति समयसम्म यसरी छलफल गर्छौँ थाहा छैन, तर जे हुनुपर्ने हो त्यो भएन भने अर्को कुरा हुन्छ, यो सिद्धान्त हो। कसैले रोक्न सक्दैन। रोक्न खोजे पनि त्यो अवस्था आयो भने दुर्घटनामा जान्छ र ठूलो नोक्सानी जनताले र राष्ट्रले व्यहोर्नु पर्ने हुन्छ।’

shivam cement
shivam cement

त्यस्तै राष्ट्रिय सभा सदस्य गौतमले आफूले चार वर्ष लगाएर समाजवादको खाका तयार पारेको भए पनि कुनै पनि नेताले त्यसबारे अध्ययन नगरेको गुनासो पनि गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट