२०८३ असार ३ बुधबार
LATEST NEWS
२०८३ असार ३ बुधबार

आकर्षक तलव सुविधामा युरोप पठाउने नाममा ठगी गरेको अभियोगमा दुईजना पक्राउ

आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–१ का ३५ वर्षीय प्रेम बहादुर साउद र सुर्खेतको सिम्ता गाउँपालिका– ८का २१ वर्षीय ललित बोहरा रहेका छन्।
साउदले आयरल्यान्ड पठाइदिने भन्दै ४१ लाख ९० हजार रुपैयाँ र ललित बोहराले बेलायत पठाइदिने भनि १० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।
उनीहरूले लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरूले दिएको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

सामाग्री श्रोत :
deshparadesh

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट