काठमाडौं –नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज तोलामा रु दुई हजारले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ । यस अघि सोमबार सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँ कारोवार भएको थियो ।

यस्तै चाँदीको मूल्य रु एक हजार ९७० मा बेचबिखन भइरहेको छ । सोमबार पनि चाँदी सोहि मूल्यमा कारोवार भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
