२०८२ जेष्ठ १ बुधबार
२०८२ जेष्ठ १ बुधबार

आईपीएल खेल्न भारत जानु खेलाडीको व्यक्तिगत निर्णय : अष्ट्रेलियन क्रिकेट बोर्ड

काठमाडौं। भारत-पाकिस्तानबीचको संघर्षविरामपछि आईपीएल मे १७ देखि पुनः सुरु हुँदैछ। भारत र पाकिस्तानबीच शनिबार भएको संघर्षविरामपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मे १७ देखि पुनः सुरु हुने भएको हो।

यद्यपि विदेशी खेलाडीहरूको उपलब्धता अझै अन्योलमा रहेको छ। यसैबीच, अष्ट्रेलियन क्रिकेट बोर्ड (क्रिकेट अष्ट्रेलिया) ले खेलाडीहरूलाई भारत फर्कनु निजी निर्णय भएको बताएको छ र त्यसको समर्थन गर्ने जनाएको छ।

क्रिकेट अष्ट्रेलियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारत फर्कनु वा नफर्कनु भन्ने निर्णय खेलाडीहरूको व्यक्तिगत हुनेछ र हामी त्यसको सम्मान गर्छौं।’

विज्ञप्तिमा थप उल्लेख गरिएको छ कि, ‘जो खेलाडी आईपीएलको बाँकी खेल खेल्ने निर्णय गर्छन्, तिनीहरूको लागि विश्व टेस्ट च्याम्पियनसिप फाइनलको तयारी गर्न टोली व्यवस्थापनले आवश्यक व्यवस्था मिलाउनेछ।’

मे ८ मा पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रद्द भएपछि मे ९ मा आईपीएल एक हप्ता स्थगित गरिएको थियो। पुनः जारी गरिएको तालिकाअनुसार आईपीएलको फाइनल जुन ३ मा हुनेछ।

यसपछि केवल एक हप्ता अर्थात् जुन ११ मा दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच विश्व टेस्ट च्याम्पियनसिपको फाइनल लड्र्समा सुरु हुनेछ।

हेजलवुड र मिचेल स्टार्कसँगै अष्ट्रेलियाका अन्य चार सम्भावित खेलाडीहरू (कप्तान प्याट कमिन्स, ट्राविस हेड, जोश इंग्लिस र मिच स्टार्क) आईपीएलमा सहभागी भइरहेका छन्।

 


सामाग्री श्रोत :

आईपीएल खेल्न भारत जानु खेलाडीको व्यक्तिगत निर्णय : अष्ट्रेलियन क्रिकेट बोर्ड

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट