२०८२ बैशाख ३० मंगलवार
२०८२ बैशाख ३० मंगलवार

प्रदेश नीति तथा कार्यक्रम र बजेट निर्माणका सम्बन्धमा एमालेको छलफल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेशसभा सदस्यसँग आगामी आर्थिक वर्ष २०८२/८३ को प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेट निर्माणका विषयमा छलफल गरेको छ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयबाट ‘भर्चुअल’ बैठक गर्दै एमालेले प्रदेशको नीति तथा कार्यक्रम र बजेटको तयारीका सम्बन्धमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यसँग छलफल गरेको हो।

बैठकमा पार्टी उपाध्यक्ष, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले केन्द्र सरकारको तर्फबाट अवलम्बन गरिएका सोच र प्रदेशले बजेट तयार गर्दा ध्यान दिनुपर्ने विषयबारे धारणा राखेका थिए।

बैठकमा पार्टी महासचिव शंकर पोखरेलले नीति तथा कार्यक्रम र बजेट परिमाणमुखी, जनमुखी बनाउन निर्देशन दिए। छलफलमा सातै प्रदेशका नेकपा एमाले प्रदेशसभा दलका नेता र मुख्यमन्त्रीहरूले विचार राखेका थिए।


सामाग्री श्रोत :

प्रदेश नीति तथा कार्यक्रम र बजेट निर्माणका सम्बन्धमा एमालेको छलफल

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट