काठकाडौं । सुनसरीको दुहबीमा पिक अप दुर्घटना हुँदा प्रहरी निरीक्षकको ज्यान गएको छ।

दुहबी नगरपालिका-३ स्थित फुटानी चौकमा दाउरा बोकेको पिक अप दुर्घटना हुँदा एक जनाको ज्यान जानुका साथै दुई जना घाइते भएका हुन्।
इटहरी-विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र२-०१-००१च ०२५१ नम्बरको दाउरा बोकेको पिक अप भ्यान आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।
दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौं दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत उदयपुर त्रियुगा-८ राजाबासका ३० वर्षका प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको हो।

चालक उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बस्ने वर्ष ३८को सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना घाइते भएका छन्उनीहरूको विराट टिचिङ अस्पताल बूढीगंगामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सामाग्री श्रोत :