२०८२ बैशाख २५ बिहीबार
२०८२ बैशाख २५ बिहीबार

आतंकवादविरुद्ध मधेशवादी दलले जनाए ऐक्यबद्धता

काठमाडौं– भारत–पाकिस्तानबिच तनाव भइरहेका बेला नेपालका मधेशकेन्द्रित दलहरूले आतंकवादविरुद्ध ऐक्यबद्धता जनाएका छन् । बुधबार बसेको सातदलीय संघीय लोकतान्त्रिक मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । 

त्यस्तै बिहीबार महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि विज्ञप्ति जारी गरी आतंकवादविरुद्ध सबैखाले संघर्ष र कारबाहीप्रति ऐक्यबद्धता जनाएका छन् । 

बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ‘२०८२ वैशाख ९ गते मंगलबार मित्रराष्ट्र भारतको काश्मीरस्थित पहलगाममा आतंकवादीहरूले आक्रमण गरी नेपाली नागरिक सुदिप न्यौपानेसहित २८ जना भारतीय पर्यटकको गरेको हत्याप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली नागरिक सुदिप न्यौपानेको परिवारलाई क्षतिपूर्ति, सहयोग र रेखदेख गर्न नेपाल सरकारसँग आग्रह गर्दछौँ ।’

Ncell 2
Ncell 2

मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, सीके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा रहेका छन् । 

लोसपा नेपालका महासचिव डा.सुरेन्द्र झाले विज्ञप्तिमार्फत भनेका छन्, ‘आतकंवादविरुद्ध गरिएका यस्ता कारवाहीको लोसपा नेपालले समर्थन गर्दछ ।’  विश्वको जुनसुकै कुनामा हुने आतकंवादविरुद्धे कारबाहीप्रति आफ्नो पार्टीको ऐक्यबद्धता रहेको महासचिव झाले उल्लेख गरेका छन् । 

shivam cement
shivam cement

वैशाख ९ गते भारतको जम्मु काश्मीरको पहलगममा भएको आतङ्ककारी आक्रमणमा एक जना नेपाली सुदिप न्यौपानेसहित २८ जना मारिएका थिए । त्यसको प्रतिकारस्वरूप वैशाख २३ गते राति भारतले ‘अपरेशन सिन्दूर’ चलाएको छ । जसका कारण पाकिस्तान शासित काश्मीरमा रहेका आतंकारीका ९ वटा सेल्टरमा आक्रमण भएको छ । 

महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका महसचिव रमेश प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा पनि भारतीय आक्रमणलाई समर्थन गरिएको छ । जहाँ ‘अपरेशन सिन्दूर’ले गरेको आक्रमणलाई नेपाल समाजवादी पार्टीले समर्थन गर्दछ भनी उल्लेख छ । 

विज्ञप्तिमा उल्लेख छ ‘वैशाख ९ गते आतंकवादी हमलामा नेपाली नागरिक सुदिप न्यौपानेको ज्यानसमेत गएको हुँदा भारतले सुरु गरेको आतंकवादविरुद्ध कारबाहीअन्तर्गत पाकिस्तानी आतंकवादीको आश्रयस्थललाई ध्वस्त पार्ने कार्य मानवतालाई संरक्षण सम्बद्धर्न तथा आतकंवादलाई निस्तेज गर्ने कार्य सराहनीय छ ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट