२०८२ बैशाख २६ शुक्रबार
२०८२ बैशाख २६ शुक्रबार

आईटीलाई राष्ट्रिय प्राथमिकताको क्षेत्र घोषणा गर्न सांसद कार्कीको माग

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले सूचना प्रविधि (आईटी) लाई राष्ट्रिय प्राथमिकताको क्षेत्रको रूपमा घोषणा गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आईटी क्षेत्रलाई पूर्वाधारकै रूपमा लिनुपर्ने समय आएको उल्लेख गरे । 

“२१ औँ शताब्दीको आधारभूत पूर्वाधार भनेको सडक निर्माण गर्नु, पुल निर्माण गर्नु मात्रै होइन । सूचना प्रविधि पनि अहिले पूर्वाधारको प्रमुख आधार हो । आईटीलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रको रूपमा घोषणा गर्न म सरकारलाई आग्रह गर्न चाहन्छु,” उनले भने ।

उनले आईटी क्षेत्रले रोजगारी सिर्जना र वैदेशिक मुद्रा आर्जनमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । “आईटीलाई भविष्यको योजना होइन, वर्तमानको क्रान्तिका रूपमा बुझेर तुरुन्त प्रभावकारी कदम चाल्नुपर्छ,” उनले भने ।

पूर्वमन्त्री समेत रहेका कार्कीले आगामी आर्थिक वर्षदेखि नीतिमा मात्रै नभई कार्यक्रमसहित आईटी क्षेत्रलाई अघि बढाउन सरकारलाई आग्रह गरे ।

 

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ १४:२८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट